झलनाथ खनाल साँक्षी राखेर सहमति जुटाउन बालुवाटारमा बार्ता

अन्तर्राष्ट्रिय ओली खवर राजनीति समाचार

साउन १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको संवादहीनता तोडिएको छ । असार १३ गतेपछि दुई अध्यक्षबीच आज बरिष्ठ नेता झलनाथ खनालसमेत सहभागी भई संवाद अघि बढेको हो ।

नेकपामा महाधिवेशनमा जाने सचिवालयको सर्वसम्मत निर्णयबिपरित अर्का अध्यक्ष प्रचण्ड गुट भेलामा लागेपछि अध्यक्ष ओलीले असार १३ गतेको स्थायी कमिटी बैठक स्थगित गर्नुभएको थियो । बैठक स्थगित भएपछि प्रचण्डले बैठक गरे पनि सवैले दुई अध्यक्षको सहमतिबिना अर्काे बैठक बस्न नसक्ने भन्दै संवादको जिम्मा प्रचण्डडलाई दिएको थियो । असार १३ गते प्रचण्डसँगै नेता खनाल पनि प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीसँग छलफल गर्न जानुभएको थियो ।

दुई अध्यक्षबीच निकै तिक्तता आएपछि महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेलले बार्ताका लागि सहजीकरण गर्नुभएपछि आज बार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको बार्तामा बरिष्ठ नेता खनाल सहभागी हुनुभएको छ । बार्तामा महासचिव पौडेल पनि सहभागी हुने बताइएको छ ।

साउन १३ गतेदेखि संवाद हुन नसकेपछि वरिष्ठ नेता खनालको पहलमा अध्यक्षद्वयबीच वार्ता सुरु भएको हो । वार्ता वर्तमान नेकपाभित्रको गतिरोध अन्त्यका विषयमा केन्द्रित छ । यसअघि दुतमार्फत दुवै अध्यक्षले एक अर्कामा प्रस्ताव पठाउनु भएको थियो । अध्यक्ष ओलीले गुटबन्दी नगर्ने प्रतिवद्धतासहितको दृढ एकता र महाधिवेशनको बिषयमा प्रष्ट हुनुपर्ने बटमलाइन राख्नुभएको स्रोतले जनाएको छ ।janatatimes bata

Leave a Reply

Your email address will not be published. Required fields are marked *