युवा नेता,खेलकुद महासङ्घका अध्यक्ष रमेश पौडेलको केन्द्रिय सदस्यमा उम्मेद्बारी घोषणा

युवा नेता तथा खेलकुद महासंघका अध्यक्ष रमेस पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन। नेकपा एमालेको १० औ महाधिवेसनमा खुल्ला तर्फ केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारी गरेका पौडेल रास्ट्रिय युवा संघका पुर्व अध्यक्ष हुन।

पार्टी विभाजनको कठिन समयमा नेपाल खेलकुद महासंघको नेतृत्व लिदै त्यसको केहि महिनानामा नै महासंघलाई नेपाली खेलकुद  क्षेत्रको शसक्त संगठन बनाएका पौडेल युवा संघ नेपालको वडा कमिटीबाट राजनीति शुरु गरेर केन्द्रीय सदस्य,सचिव,उपाध्यक्ष हुदै अध्यक्ष बनेका थिए।

पार्टी जीवनमा बिरलै प्राप्त हुने दुई महत्वपूर्ण संगठनको नेतृत्व गर्ने स्वर्णिम अवसर पाएका पौडेलले नेतृत्वमा युवा प्रतिनिधित्वका लागि आफ्नो केन्द्रीय सदस्यमा उम्मेदवारी रहने बताएका छन ।kapanbata

You might also like

Leave A Reply

Your email address will not be published.