“लु आठ सय रुपैयाँ दिनु ।” मैले सोधे यहाँ पनि पैसा लाग्छ र ? फेरि उहाँले भन्नुभयो “पचास रुपैयाँ ल्याउनु ।”मेची अस्पताल

केही दिन अघि सँगै बसेको साथीलाई कोभिड रिर्पोट पोजेटिभ आएपछि तीन चारदिनदेखि ज्वरोले थलिएकी म मेची अस्पतालमा स्वाब टेस्टका लागि माघ २ गते पुगें । म बसेंको स्थानबाट करिब तीन किलोमिटरको दुरीमा रहेको अस्पतालमा म हिंडेरै पुगें । हातमा ग्लोब्स र नाक मुख छोपिने गरी डब्बल माक्स लगाएर जोगिदै आस्पताल पुगेकी म त्यहाँको भीडदेखे पछि अत्तालिएँ ।

विमाको कार्ड हातमा लिएर एकातिर एउटा भीड थियो भने अर्को पैसा तिरेर पूर्जी काटिने काउन्टरतिर । म आफूमा कोभिड संक्रमण छ भन्ने शंका लागेका कारण भीडबाट परै उभिएँ । तर पालो नआउने भएपछि आफूलाई पालो दिन लाइनमा उभिनु भएकासँग आग्रह गरें । उहाँहरुले लाइनमा उभिन भने पनि सबै कुरा भनेपछि भीड साइड लागेर पालो दिए । काउन्टरमा एक जना सिस्टर हुनुुहुन्थो । उहाँले कड्केर सोध्नुभयो “के भएको ?” मैले नम्र हुँदै भने “केही दिनदेखि ज्वरो आइरहेको छ कोभिड टेस्ट गराउनु पर्यो भनेर आएकी ।” उहाँले भन्नुभयो “लु आठ सय रुपैयाँ दिनु ।” मैले सोधे यहाँ पनि पैसा लाग्छ र ? फेरि उहाँले भन्नुभयो “पचास रुपैयाँ ल्याउनु ।” पचासको नोट निकालेर दिएपछि उहाँले अपिडी रेकर्ड बुक मेरो हातमा थमाउँदै भन्नुभयो, “यो लिएर चार नम्बर कोठामा जानु ।”

पुर्जी लिएर चार नम्बर कोठमा पुग्दा बाटैदेखि बच्चादेखि बृद्धासम्मको झण्डै २०० को संख्यामा लाइन छ । मलाई झन डर लाग्यो । यदि म संक्रमित रहेछु भने त अरुलाई सर्छ होला भन्ने ठानेर फेरि ल्याबको बाहिर उभिएर सोधे “कोभिड टेस्ट गराउन आएकी त्यो भीडमा उभिएर डाक्टरलाई नदेखाई गर्न मिल्दैन ।” उत्तर आयो “काउन्टरमा गएर पैसा तिरेर आउनु न पाइहालिन्छ नि ।” म फेरि १०ः २० बजेतिर काउन्टरमा पुगेर रु ७५० तिरेर वील काटेर ल्याबमा ल्याएर दिएँ । मलाई एउटा प्लाष्टिकमा पीसीआर किट राखेर दिइयो र भनियो “उ त्यो प्रस्तुती गृह अगाडिको प्यासेजमा बस्नु । साढे एघार बजेदेखि स्वाब निकाल्न सुरु हुन्छ ।”

म आज्ञाकारी भएर प्यासेज तिर लागें । अरु दुई चार जना अघि नै बसिरहनुभएको थियो । कोही पैसा तिरेरै वील गरेर बस्नुभएको रहेछ । कोही चिनेका डाक्टरले भित्रैबाट नाम आउँछ त्यहाँ जानु भनेर पठाउनु भएको छ भन्दै बस्नुभएको रहेछ । अस्पताल जीणर् देखिन्छ । जताततै फोहोर मैला । प्लाष्टिकको बोतल, प्याड, मास्क, छरपस्ट । स्वाब टेस्ट गर्न देखाइएको प्यासेज उस्तै फोहोर । सायद कुचो, खरेटो नलगाएर होला धुलो, पातपतिङ्गरले भरिएको थियो । वरपर त्यस्तै फोहोर । झार जंगलले घेरिएको । कठै मेरो मेची अस्पताल । ताप्जेजुङ, पाँचर, इलाम र झापाको लागि ठूलो र सुविधा सम्पन्न भनिएको ठूलो अस्पताल आफैं विरामी । मनमनै सोचें एकातिर अस्पतालमा जताततै फोहोर छ । लाखौंमा ठेक्का लगाएको ठेकेदार कता गएछ ? कागजको ठेक्का हो क्या हो ?

यस्तै दृश्य हेर्दै बस्न मलाई ज्वरोले च्यापेर होला निक्कै गाह्रो भइरहेको थियो । म जस्तै अरुलाई पनि उभिन गाह्रो भएर होला भन्दै हुन्नुहुन्थ्यो, “खोइ १२ बजिसक्यो अझै आउँदैनन् त स्वास्थ्यकर्मी । विहान खाना पनि नखाई आएको भोकले मर्न लागिसक्यौं ।” झण्डै साढे १२ बजेतिर एकजना स्वास्थ्यकर्मी आएर चिनेजानेकालाई भित्रैबाट डाक्टरले रिफारिस गरेका नाम बोलाउँदै स्वाब लिन सुरु गर्नुभयो । हामीले पैसा तिरेर र लाइनमा घण्टौ कुरेर डाक्टरसँग टेस्ट लेखिएर आएकाले केही बेर कुरेपछि पालो आयो । झण्डै १ बजेतिर स्वाब दिएर बाहिर आउँदा पनि भीड हटेको थिएन । अस्पतालको व्यवस्थापनमा सुधार नगर्ने हो भने सञ्चै अस्पताल पुगेका मान्छे विरामी भएर फर्कने अवस्थाको सिर्जना हुने निश्चित देखिन्थ्यो…लोकतन्त्र पोस्टमा अम्बिका भण्डारीको आर्टिकल

You might also like

Leave A Reply

Your email address will not be published.