प्रधानमन्त्री देउवाको गरियो पुत्ला दहन …प्रहरीले गरे लाठि चार्ज… केहि युवा घाइते

 विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गरेका छन् ।

यसै क्रममा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।

वुधबार काठमाडौँको अस्कल क्याम्पस परिसरमा प्रदर्शन गर्दै अनेरास्ववियु लगायतका विद्यार्थीहरुले प्रधानमन्त्रीको देउवाको पुत्ला दहन गरेका हुन् ।

प्रहरीले प्रदर्शनकारीलाई रोक्न लाठीचार्ज गरेको थियो । जवाफमा विद्यार्थीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

वुधबार मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियोdainiknepalbata

You might also like

Leave A Reply

Your email address will not be published.