दूधेमा नियमानुसार प्रअ छनौट गर्न शिवसताक्षी नगरपालिकाको निर्देशन

0
SHARES
9
VIEWS

प्रधानाध्यापक नियुक्ति प्रकृया बढाउन श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयलाई परिपत्र गरेको छ ।

शिवसताक्षी ११ स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको प्रअ नियुक्ति विवाद चुलिदै जाँदा आज नगर कार्यपालिकाको बैठकले सात दिन भित्र नियमानुसार प्र.अ. नियुक्ति प्रकृया अगाडी बढाउन विद्यालय व्यवस्थापन समितिलाई परिपत्र गरेको हो ।

नगरपालिकाले प्र.अ. नियुक्ति विवाद हुँदा विद्यालयको खाता सञ्चालनमा रोक लगाएको थियो । आज कार्यपालिकाको बैठकले विद्यालयका लेखापाल र नगरपालिका शिक्षा शाखाका कर्मचारीको संयुक्त खाता सञ्चालन गरी शिक्षकको तलब भुक्तानी गर्न बाटो खुल्ला गरिदिएको छ।

विद्यालयका प्रधानाध्यापक कालीप्रसाद रिजालले आफ्नो आफु अवकाश प्राप्त रहँदा सोही विद्यालयका शिक्षा शास्त्रमा स्नातकतह उत्तीर्ण शिक्षक लालमणी सुवेदीलाई निमित्त प्र.अ.दिएपछि विवाद सुरु भएको थियो । कक्षा १२ सम्म सञ्चालित विद्यालयमा माथिल्लो योग्यता भएको शिक्षक हुँदा हुँदै स्नातकतह मात्र शैक्षिक योग्यता भएका शिक्षक सुवेदीलाई प्रधानाध्यपकको जिम्मेवारी दिएपछि विवाद थप पेचिलो बन्दै गएको हो ।

विद्यालय व्यवस्थापक समितिले सुवेदीलाई प्र.अ. पदमा नियुक्ति गरेको निर्णय गरेको थियो । तर शिवसताक्षी नगरपालिका शिक्षा शाखाले प्रधानाध्यापकको जिम्मेवारी सम्बन्धमा च.नं. १५४२ पत्रमा विद्यामान शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ (संसोधन सहित) ९३ (३) बामोजिम प्र.अ. नियुक्ति प्रकृया पुरा नभई आएको देखिएकाले सो प्रकृया पुरा गरी प्र.अ. नियुक्ति भएको खण्डमा खाता सञ्चालक परिवर्तन गर्न सिफारिस दिन सकिने पत्र विद्यालय व्यवस्थापन समितिलाई पठाएको थियो । पत्र पाए लगत्तै मिति २०७९÷०९ ÷०१ गतेको विद्यालय व्यवस्थापन समितिको बैठकले निमित्त प्र.अ. हुनु पर्नेमा भाषिक त्रुटि भएको भन्दै निर्णय सच्याएको थियो ।

विद्यालयमा माध्यमिक तहमा स्नातकोत्तरतहको योग्यता भएका अन्य शिक्षकहरु भएपनि वरिष्ठताको आधार देखाउँदै विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्ती गरेको हो ।

यता माथिल्लो योग्यता भएका शिक्षक श्रीप्रसाद खरेलले आफु प्र.अ.को लागि योग्य भएको भन्दै दावी प्रस्तुत गरेका छन् ।

शिक्षा नियामावली नियम ९३ (२) मा माध्यमिक तहको रिक्त प्रधानाध्यापक पदमा शिक्षा शास्त्रमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विद्यालयको सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकहरु मध्येबाट दरखास्त आवह्रवान गर्न स्पष्ट लेखिएको छ ।

तर शिक्षा शास्त्र विषयमा स्नातक वा सो सरह परीक्षा उत्तीर्ण गरी माध्यमिक तहमा १० वर्षे स्थायी सेवा गरेको शिक्षक माध्यमिक तहको प्रधानाध्यापकको पदमा उमेद्वार हुन पाउने छ भन्ने स्पष्ट उल्लेख गरिएको छ ।

शिक्षा नियमावली ३ उपनियम (२) बमोजिम दरखास्त आह्वान भएमा सम्बन्धित शिक्षकले व्यवस्थापन समितिले तोकेको म्याद भित्र विद्यालय विकास प्रस्ताब सहित व्यवस्थापन समिति समक्ष दरखास्त दिन सक्ने भन्ने उल्लेख छ।
यता शिवसताक्षी नगरपालिका शिक्षा शाखाले मिति २०७९÷०८÷२१ ) गते प्रधानाध्यापक नियुुक्तिको लागि शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९(संसोधन सहित) को नियम ९३ बमोजिम प्रधानाध्यापक नियुक्ति प्रक्रिया पुरा नभई आएको देखिएकोले विद्यालय विकास प्रस्ताव लेखनको लागि विद्यालय व्यवस्थापन समितिलाई प्रधानाध्यापकको जिम्मेवारी सम्बन्धमा लेखिएको पत्र हालसम्म व्यवस्थापन समितिले कार्यान्वयन नगरेको पाइएको हो ।

शिवतसाक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले राष्ट्रिय रमणीयको प्रअ विवाद प्रतिनिधि घटनाको रुपमा आएकाले शिक्षा नियमावलीमा उल्लेख भए अनुसार नै प्र.अ. नियुक्ति प्रकृया अगाडी बढाइने बताए । सँधै विद्यालय व्यवस्थापन समितिले सर्वसम्मत रुपमा प्र.अ. नियुक्ति गरेर पठाउँदा यस्तो विवाद नआएको उनको भनाई थियो । सोही विद्यालयबाट अन्य शिक्षकले प्रअ. हुने योग्यता राखेर दावी प्रस्ताव नगरपालिकमा पेश गरेपछि शिक्षा निमायवली अनुसार नै प्रकृया बढाउन नगरपालिका बाध्य भएको प्रमुख थोप्राको भनाई छ ।

यता शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छविढकालले नगर शिक्षा ऐन जारी भइसकेकाले अब चाडै नगर शिक्षा नियमावली जारी गर्ने तयारीमा रहेको बताए । उक्त नियमावली जारी भएपछि यस्ता समस्याहरु नआउने उनको भनाई छ ।

विद्यालयमा कार्यरत शिक्षक श्रीप्रसाद खरेल मिति २०६१÷०१÷३१ गते माध्यमिकतहमा स्थायी नियुक्ति भएका हुन् भने लालमणी सुवेदी मिति २०६१÷०२÷ २० गते स्थायी नियुक्त भएको सम्बन्धित कार्यालयको रेकर्डमा उल्लेख छ।sajhamanchbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार