कांग्रेसबाट वडाध्यक्षमा ललित तामाङ ३९६९ मत ल्याएर विजयी

मेचीनगर–६ को वडाध्यक्षमा गठबन्धनको कांग्रेस र चारै जना वडा सदस्यमा एमालेका उम्मेद्वारहरु विजयी भएका छन् ।
गठबन्धनको कांग्रेसबाट वडाध्यक्षमा ललितबहादुर तामाङ ३९६९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धि बालकृष्ण थापाले २२२४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।

अन्य चार जना वडा सदस्यहरु एमालेबाट विजयी भएका हुन् । महिला सदस्यमा एमालेकी अञ्जु थापा २७७२ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धि कांग्रेसकी शशि राईले २५९० मत प्राप्त गरिन् ।

त्यस्तै दलित महिला सदस्यमा एमालेकी सीमा रसाईली २९६० मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धि हसियाँ हतौडाकी अञ्जली विकले १००८ मत प्राप्त गरिन् ।

यस्तै खुल्ला सदस्यमा एमालेका ध्रुबकुमार राई २८५४ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धि गठबन्धनको जनता समाजवादी पार्टीका रुख चिन्हबाट उम्मेद्वार बनेका ओमप्रकाश खापुङले २४४४ मत प्राप्त गरे ।

यस्तै खुल्ला सदस्यमा एमालेका भविन्द्र सुब्बा (लिम्बु कान्छा) २७५१ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धि कांग्रेसका कृष्ण वस्नेतले २५४८ मत प्राप्त गरेको कार्यालयले जानकारी दिएको छ ।

यता वडाध्यक्षमा हलोले १९१, दापसहितको खुकुरीले ३० र भालेले ३२ मत ल्याएको छ । वडाध्यक्ष तथा वडा सदस्यमा १९३ मत बदर भएको छloktantrapost

You might also like

Leave A Reply

Your email address will not be published.