फोहोरी प्रबृत्ति अन्त्यका लागि अभियान नै चलाइने…स्वतन्त्र बुद्धिजिवी संगठन गठन

झापाको कन्काई नगरपालिका क्षेत्रमा बिभिन्न पार्टी परित्याग गरि स्वतन्त्र भएका युवाहरु संगठित भएका छन् । उनीहरुले स्वतन्त्र बुद्धिजिवी संगठन गठन गरेका हुन् ।

लामो समयदेखि बिभिन्न राजनीतिक दलमा आबद्ध भएर काम गरेका तर पार्टीबाट असनतुष्ट बनेर स्वतन्त्र भएका युवाहरु संगठित भएका हुन् । नव गठित स्वतन्त्र बुद्धिजिवी संगठनको संयोजकतत्वमा शेरबहादुर थापा रहेका छन् ।

कांग्रेसको साधारण सदस्य समेत नरहने गरि पार्टीमा राजीनामा बुझाएका थापा ४२ बर्षिय कांग्रेससंगको लामो यात्रालाई पूर्ण बिराम लगाउंदै केहि समय अघि स्वतन्त्र बनेका थिए । उनी भर्खरै सम्पन्न स्थानीय चुनावमा कन्काई नगर प्रमुखमा स्वतन्त्रबाट उम्मेदवार बनेका थिए ।

उनले जेब्रा चुनाव चिन्ह लिएर चुनाव लडेका थिए । छोटो समयमा नै उनले सम्मानजनक मत ल्याएका थिए । चुनावमा विजेता बनेका नगर प्रमुख राजेन्द्र पोखरेललाई भेटेर हार्दिकता साटेका थापाको चर्चा अहिले पनि उत्तिकै छ । निर्वाचनमा पराजय भोगेका थापाले राजनीतिक संस्कार बसाल्न हार्दिकता दशाएको जनाएका थिए ।

त्यस्तै नव गठित समितिको सदस्यहरुमा युवराज संग्रौला, लक्ष्मीप्रसाद ओली, लीलाप्रसाद भेटवाल, पर्शुराम गिरी, सोमनाथ उप्रेती, दीनानाथ खतिवडा, गोमादेवी कार्की, धर्मलाल राजवंशी , दुर्गानाथ ढकाल रहेका छन् । समितिमा आवद्ध हुनेहरुलाई क्रमश थपिंदै लगिने बताइएको छ । संगठनमा जोडिनकालागि १ सय ५० भन्दा बढी युवाहरु तयार रहेको पनि जनाइएको छ ।

साथै समितिको बसेको बैठकले नगरभित्रका ९ वटै वडामा वडा कमिटि समेत गठन गर्ने बताएको छ । जन सम्पर्क प्राविधिक टिम बनाउने पनि निर्णय भएको समितिले जनाएको छ ।

नव गठित समितिले नगरपालिका भित्र हुने विकृति , विसङ्गती,ढिला सुस्ती , भष्ट्रचार लगायतका बिषयमा खबरदारी गर्ने र राम्रा काममा साथ , सहयोग गर्ने संयोजक शेरबहादुर थापाले जानकारी दिए । उनले राजनीति भित्र देखिएको फोहोरी प्रबृत्ति अन्त्यकालागि पनि स्वतन्त्र तबरबाटै अभियाननै चलाइने जनाएका छन् ।

साथै समितिले नगर क्षेत्र भित्रका विपन्न , गरिब, दुःखी , पीडित लगायतलाई सहयोग, समन्वय लगायतका काम पर्ने गर्ने जनाएको छsajhaonline

You might also like

Leave A Reply

Your email address will not be published.