स्थानीय तह निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुले पद सम्हाल्ने क्रम जारी छ। यही क्रममा झापाको बिर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष मदन वुढाथोकीले पनि पदभार सम्हालेका छन् ।
नवनिर्वाचित वडा अध्यक्ष वुढाथोकी लगायत वडा सदस्यहरुले आजैबाट पदभार ग्रहण गरेका हुन । उनीहरुलाई विभिन्न संघसंस्था, राजनीतिक दल तथा टोल विकास संस्थाहरुले शुभकामना दिएका थिए । उनीहरुलाई वडासचिव भिमप्रसाद अधिकारी र अन्यले पनि स्वागत गरेका थिए।
नवनिर्वाचित अध्यक्ष वुढाथोकीले सार्वजनिक सेवालाई सहज, छिटो , छरितो र विश्वसनीय वनाउन कुनै कसर बांकी नराख्ने बताए।
पौष्टिक आहार वितरण सम्बधमा महत्वपूर्ण निणर्य गर्दै काम थालिएको वडाध्यक्ष बुढाथोकीले बताए।
वडाभित्रका सुत्केरी महिलाहरुलाई १५ सय रुपैंया वरावरको पौष्टिक आहार वितरण गर्ने निणर्य भएको जानकारी दिए।
यो सुविधा प्राप्त गर्न सुत्केरी भएको ३५ दिन भित्रमा वडा कार्यालयमा आई नावालकको जन्मदर्ता दर्ता गरेमा सुत्केरी आमालाई पोषणयुक्त खाद्य सामाग्री उपलब्ध गराउने पहिलो बैठकले निर्णय गरेको अध्यक्ष बुढाथोकी जानकारी दिए ।
बुढाथोकीसंगै सदस्यहरुमा हरिप्रसाद वास्कोटा , भागिमान लिम्बु , धनसरी राजवंशी , लक्ष्मी रोक्का सार्की ले पनि कार्यभार जिम्मा लिएका छन्sajhaoline