टिपरले ठक्कर दिएर घाइते भएका एक युवाको घाँटी रेटेर वीभत्स हत्या

0
SHARES
12
VIEWS

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ३ तीनपिप्लेमा टिपरले ठक्कर दिएर घाइते भएका एक युवाको घाँटी रेटेर वीभत्स हत्या गरेको पाइएको छ ।

बा ५ ख ६७७९ नम्बरको टिपरले आइतबार राति ठक्कर दिँदा तारकेश्वर–३ कै २३ वर्षीय सविन फुयाँल घाइते भएका थिए । घाइते उनलाई दुर्घटनास्थल भन्दा पर लगी साबेलले रेटेर हत्या गरिएको मृतकका परिवार र आफन्तहरूले दाबी गरेका छन् ।

उनीहरूका अनुसार बागमती प्रदेश ०२–०२५ प ६१८९ नम्बरको मोटरसाइकलमा सवार फुयाँललाई सुरूमा टिपरले ठक्कर दिँदा एउटा खुट्टा भाँचिनुबाहेक अन्य अवस्था सामान्य थियो । तर, पछि दुर्घटनास्थलबाट केही पर पुर्‍याएर उनको हत्या भएको दाबी गरिएको छ ।

घटनास्थलभन्दा केही पर बालुवाको थुप्रोमा मृतकको शव भेटिनु, प्रहरीले घटनास्थलको मुचुल्का तथा प्रत्यक्षदर्शी र स्थानीयको बयान नलिनु, घटनास्थल शिल नगरिनु र फोटो तथा भिडियो समेत डिलिट गरिनुलगायत गतिविधिले दुर्घटनापछि युवकको हत्या भएको दाबी परिवारले गरिरहेको छ ।

उनीहरूले घटनालगत्तै दुर्घटनास्थल पुगेको प्रहरीले गर्नुपर्ने सामान्य काम समेत नगरेको र भएका सबै प्रमाणहरू समेत नष्ट गरिदै जानु तथा पीडतको तर्फबाट जाहेरी लिन अस्वीर गर्नुले पनि सविनको हत्या भएको पुष्टि गरेको बताएका छन् ।

पीडक पक्षबाट प्रभावित भइ प्रहरीले पीडितको तर्फबाट जाहेरी समेत नलिएको उनीहरूको भनाइ छ ।

दुर्घटनापछि घटनामा संलग्न रहेकाहरूमध्ये प्रहरीले मुख्य अभियुक्त भनिएका विमल बलामीलगायत तीन जनालाई पक्राउ गरेको छ भने अझै दुई जना फरार रहेको बताइएको छ । पक्राउ परेका तीन जनामध्ये बिमलबाहेक अन्यको नाम समेत खुलाइएको छैन ।

पक्राउ परेका बलामी गत स्थानीय निर्वाचनमा नुवाकोटको ककनी गाउँपालिका–१ मा अध्यक्षमा निर्वाचन लडेर पराजित भएका थिए । बिमल गुण्डागर्दी पृष्ठभूमिको भएको खुल्न आएको छ । साथै उनका भाइ समेत घटनामा संलग्न भएको आशंका गरिएको छ । यसअघि अन्य कुनै घटनामा पक्राउ परेका बिमलका भाइ आइतबार मात्रै रिहा भएको स्रोतको दाबी छ ।

भाइ रिहा हुनुलगत्तै सविनको हत्या हुनुले घटनालाई थप रहस्यमय बनाएको छ ।

नक्कली अभियुक्त खडा गरियो

यसैबीच पीडकहरूले नक्कली अभियुक्त खडा गरेर आफूहरूले उन्मुक्ति पाउने दुष्प्रयास समेत गरेका छन् । घटनालगत्तै सिन्धुली घर भएका बिक थरका अन्दाजी २०–२२ वर्षका एक युवा सविनको हत्या मैले गरेको हुँ भन्दै बालाजु प्रहरी चौकीमा आएका थिए । उनीमाथि प्रहरीले अनुसन्धान गर्दा पीडकले नक्कली अभियुक्त खडा गरी पठाएको रहस्य खुलेको हो ।

ती युवालाई पाँच लाख रुपैयाँ दिन्छु भनेर अभियुक्तको रुपमा पठाइएको पाइएको छ । साथै ती युवाको साथबाट तीन लाख रुपैयाँको चेक समेत प्रहरीले बरामद गरेको छ । पैसा लिएर अभियुक्त बनेका युवा समेत अहिले प्रहरीको हिरासतमै छन् । चेक तीनै पीडकहरूले जारी गरेको पाइएको छ ।

त्रिचन्द्रका विद्यार्थीद्वारा प्रहरी चौकीमै प्रदर्शन

घटनापछि त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरूले प्रहरी चौकी बालाजु परिसरमै प्रदर्शन गरिरहेका छन् । मृतक फुयाँल त्रिचन्द्र क्याम्पसमा वीएससी तेस्रो वर्षमा अध्ययनरत थिए । विद्यार्थीहरूले हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन्dainiknepalbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार