राजसस्था ब्युंताएर ल्याए भने मैले आश्चर्य मान्ने छैन

0
SHARES
36
VIEWS

सुदीप पन्त ,अमेरिका

म राजाबादी होइन । राजा हुनुपर्छ ,आउनुपर्छ भन्दिन । तर समय कस्तो आएछ भने राजतन्त्र पछिको प्रजातन्त्र लोकतन्त्र भनिने ब्यबस्था त जनताले जनतालाई लुट्न बनाएको लुटतन्त्र जस्तै भएछ ।

राजाको बारेमा जसरी व्याख्या गरियो त्यसरी राजाले जनता भुटेनन ,मारेनन । हामी जिउदै छौ । कती सहज ढंगले गद्दी छोडिदिए । त्यो बेला हामी सबै औधी खुशी भएका थियौ किनभने हामीलाई त्यो शासन होइन जनताको शासन चाहिएको थियो ।त्यो बेला ठुलो ,धेरै र मिठो सपनाहरु देखाए नेताहरुले ।

जनताको हातमा अधिकार आउछ ,जनताको छोराछोरीहरु सर्बोच्च पदमा पुग्छन ,बिधीको शासन हुन्छ ,सुखका दिन आउछन । राजाको शासनमा जस्तो डराउन पर्दैन आदी आदी । नेपाल र जनताहरुको मुहार फेर्ने गीतहरु त कती बन्यो बन्यो ।
ईतिहास हेर्नुहोस् ,आन्दोलनहरुमा कुनै नेता मरेका छैनन । साधारण जनताहरु मरे । मरे पछी सहिद बनाएर परिवार र गाउँलेलाई मख्ख पारे अनी आफुहरु चाँही सबै राजा भए पालै पालो ।अहिले त कस्तो लाग्छ भने राजा मात्र बनिदिएको भए त देश र जनताहरुले केही पाउथे होला किनभने त्यो बेलाका राजाहरु यती फटाहा त पक्कै थिएनन सम्झनुहोस् ति राजाहरुलाई अनी दाज्नुहोस् यिनिहरुसँग ।

उत्तर आँफै पाउनुहुन्छ ।अहिले त शेर ब का रैतिहरु ,प्रचण्डका रैतिहरु ,ओलीका रैतिहरु अझ अरु छोटेमोटेका रैतिहरु त के कुरा गर्नु रु हैट । खतरा राजा भएर देशै डुबाउने भए ।
यती भन्दै लेख्दै गर्दा पनि मलाई थपक्क राजा खोजेर ल्याएर राख्न मन छैन किनभने देशको सिमा भित्र जन्मेका हरेक मान्छेहरु बराबर हुनुपर्छ भन्ने बिश्वास गर्छु । नेत्रित्व कला भएको ,बिद्द्वान ,बिबेकशिल ,ईमानी जनताले देश चलाऊनु पर्छ उनिहरुलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता हो मेरो ।

अहिले त यस्तो लाग्दैछ कि मेरो निजी सोचबिचार बिपरित अधिकाँश नेपाली जनताहरुले पुरानो राज सस्था ब्युंताएर ल्याए भने मैले आश्चर्य मान्ने छैन ।
अहिलेका नेताहरुले मलाई लज्जित बनाएका छन अर्थात गिज्जाएका छन । किनभने ६२र६३ बेलाको राजतन्त्र हटाउने आन्दोलनको म पनि अगुवा थिए । तत्कालिन हाम्रो शहर दमकको जोशिला युबाहरुको सस्था जेसिजको अध्यक्ष थिए म ।

मेरो नेत्रित्वमा आन्दोलनलाई सहयोग पुर्याउन राजतन्त्र कि गणतन्त्र भनेर गणतन्त्र चौकमा चुनाव पनि गराइयो । आफ्नो आँखाबाट होइन यि नेताहरुको आँखाबाट देश र जनताहरुले नयाँ किरण पाउछन भन्ने आशा थियो । अहिले फर्केर हेर्छु ग्लानी महसुस हुन्छ । रहदा बस्दा भविश्य सुरक्षित हुन्न भनेर बिदेस आईयो । तपाईंलाई मनको सत्य भन्छु । बिरानो मुलुक आएर जन्मभुमी हेर्दा किन आए भनेर पछुतो लागेको छैन आज सम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित