ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

0
SHARES
3
VIEWS

झापाको मेचीनगरमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल दार्जिलिङका २८ वर्षीय मनोज गिरी र सोही ठाउँका ३० वर्षीय प्रमोदकुमार राउत रहेको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका १० मा डब्ल्यू बी ७४ बीएफ ५८१७ भारतीय नम्बर प्लेटको स्टकुरलाई शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट ४३ ग्राम ब्राउन सुगर बरामद भएको थियो । ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार