विर्तामोडको भद्रपुर रोडको सडक क्षेत्र खाली गर्न ३ दिने अल्टिमेटम

0
SHARES
43
VIEWS

बिर्तामोड नगरपालिकाले सार्वजनिक सडकको क्षेत्र खाली गर्न आग्रह गरेको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै वडा नम्बर ३ स्थित सैनिकमोड चौकदेखि पूर्व मेची आँखा अस्पतालसम्मको भागमा सडकको क्षेत्र खाली गर्न आव्हान गरेको हो ।

नगरपालिकाले सडकको केन्द्रबाट १५ मिटर सडक र ६ मिटर सेट व्याकसहित दायाँबायाँ २१ मिटर क्षेत्रभित्रका संरचना तीन दिन भित्रमा हटाउनु पर्ने सूचनामा उल्लेख गरेको छ । यस क्षेत्रमा अव्यवस्थित तरिकाले टहरा, घुम्ती, छाप्रा आदि निर्माण गरी सार्वजनिक सडकको क्षेत्रसमेत अतिक्रमण गरि बसोबास गरिरहेको पाइएकाले त्यस प्रकारका कार्य तुरुन्त बन्द गरी निर्माण गरिएका संरचना हटाएर खाली गर्नु पर्ने नगरपालिकाले जनाएको हो ।

नगरले सूचना प्रकाशित गरेको मितिले तीन दिन भित्रमा भौतिक संरचनाहरु नहटाए नगरपालिका आफैँले त्यस्ता संरचना हटाउने र हटाउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख गरिएको छ .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार