संस्कृतका क्षेत्रमा विशेष सम्मान र शोधवृत्ति प्रदान गरिँदै,

0
SHARES
22
VIEWS

विश्व संस्कृत दिवसको अवसरमा प्रत्येक वर्ष प्रदान गर्ने गरी विशेष सम्मान र रु। एक लाख राशिको शोधवृत्ति रिसर्च फेलोशिपको घोषणा भएको छ ।

जरो किलो प्रतिष्ठान नेपालले उक्त विशेष सम्मान र शोधवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।
संस्कृतका क्षेत्रमा प्रभावकारी योगदान पुर्याएका वरिष्ठ एवं वयोवृद्ध विद्वान–विदुषीमध्येबाट एक जनालाई समष्टि योगदानको कदर हुने गरी विशेष सम्मान गरिने निर्णय भएको विश्व संस्कृत दिवसका संकल्पकर्ता एवं काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा। निर्मलमणि अधिकारीले बताउनुभयो । संस्कृत माध्यमबाट प्राचीन वा आधुनिक विषयवस्तु बारे अनुसन्धानका लागि युवा पुस्ताका संस्कृतज्ञलाई शोधवृत्ति रिसर्च फेलोशिप प्रदान गरिने पनि डा। अधिकारीले बताउनुभयो ।

शोधवृत्ति ९रिसर्च फेलोशिप० को नामकरण उपनिषद्कालीन ऋषि उद्दालक आरुणिको नामबाट भएको छ । ऋषि आरुणिले विज्ञानका आधारभूत विधि परीक्षण एक्सपेरिमेन्टेशन० र पर्यवेक्षण अब्जर्वेशन को प्रयोग गरी अनुसन्धान गरेको एवं गराएको साक्ष्य छान्दोग्य उपनिषद्बाट प्राप्त हुने इन्टरनेशनल फेडेरेशन अफ् सनातन धर्मका अन्तरराष्ट्रिय अध्यक्ष पनि रहनुभएका डा अधिकारीले स्पष्ट पार्नुभयो । आरुणि संस्कृत शोधवृत्ति अन्तर्गत तयार हुने कृतिको प्रकाशन जरो किलो महाअभियान परिवारले गर्ने महाअभियानका संस्थापक उपाध्यक्ष डा। गोविन्दशरण उपाध्यायले जानकारी दिनुभयो ।
यसै वर्ष घोषणा गरिएको विशेष सम्मान प्रा।डा। दीर्घराज घिमिरेलाई प्रदान गरिने विश्व संस्कृत दिवस कार्यपरिषद्ले जानकारी दिएको छ । प्रा। घिमिरेले नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापनका साथसाथै स्वतन्त्र रूपमा पनि अनुसन्धान, लेखन, प्रवचन आदि मार्फत् संस्कृतका क्षेत्रमा पुर्याउनुभएको समष्टि योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको बताइएको छ । प्रा।डा। घिमिरे सनातन विद्वत् परिषद्का अध्यक्ष पनि हुनुहुन्छ ।

यसैगरी, आरुणि संस्कृत शोधवृत्ति त्रिभुवन विश्वविद्यालय, संस्कृत केन्द्रीय विभागका उपप्राध्यापक रोहिणीराज तिमिल्सिनालाई प्रदान गरिँदैछ । अद्वैतवेदान्त दर्शनमा विद्यावारिधि शोधार्थी तिमिल्सिना संस्कृत पाठ्यपुस्तक लेखन, अनुवाद, अनुसन्धान एवं भाषा प्रशिक्षणमा पनि सक्रिय रहनुभएको छ । तिमिल्सिनाले राज्यराष्ट्र पुस्तकलाई संस्कृत भाषामा अनुवाद एवं सम्पादन गर्नुभएको योगदानको कदर गर्दै आरुणि संस्कृत शोधवृत्ति प्रदान गरिएको हो । शोधवृत्तिले संस्कृतका क्षेत्रमा शोध संस्कृतिको प्रवर्धनमा योगदान पुर्याउने अपेक्षा राखिएको विश्व संस्कृत दिवस कार्यपरिषद्का संयोजक एवं नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा। माधवप्रसाद पाण्डेयले बताउनुभयो ।

सम्मान र शोधवृत्ति मिति २०७९ साउन २७ गते आयोजना हुने पाँचौँ विश्व संस्कृत दिवसको मूल समारोहमा प्रदान गरिँदैछ । प्रत्येक वर्ष तिथिअनुसार श्रावण शुक्ल पूर्णिमा अर्थात् ऋषितर्पणीका दिनमा मनाइने विश्व संस्कृत दिवसको प्रारम्भ जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा वि।सं। २०७५ सालदेखि भएको हो । यस वर्ष पाँचौँ विश्व संस्कृत दिवस नेपाल लगायत करिब ३० देशमा मनाइने अपेक्षा गरिएको छ । पाँचौँ विश्व संस्कृत दिवसको आयोजनाका लागि नेपाल र विदेशका विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था, धार्मिक संस्था एवं संस्कृत अभियानकर्ताहरूको सहकार्य रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित