प्रेस क्लब मेचीनगरको पाचौँ अधिवेशन सम्पन्न,पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला र युवराज आचार्य सम्मानित

0
SHARES
4
VIEWS

प्रेस क्लब मेचीनगरले बार्षिक अधिवेशन तथा साधारण सभाको अवसरमा दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
शनिबार काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा सम्पन्न साधारण सभाले मेचीनगर प्रोत्साहन पत्रकारीता पुरस्कारबाट क्लबका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला सम्मानित भएका छन् ।

उनले नगद ११ हजार १११ रुपैयाँ सहित सम्मानित भएका थिए । त्यस्तै मेचीनगर प्रोत्साहित पत्रकारीता पुरस्कारबाट उदयमान पत्रकार युवराज आचार्य सम्मानित भएका छन् । उनले नगद ५ हजार ५५५ रुपैयाँसहित सम्मानित भएका हुन् ।

दुवै जनालाई सो पुरस्कार मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले वितरण गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित