नियोजित समाचार लेखेको भन्दै पुर्वान्चल दैनिक र सम्पादकलाइ कार्वाही गर्न प्रेस काउन्सिललाइ प्रेस चौतारीले गर्यो माग

0
SHARES
83
VIEWS

झापा, २२ साउन । प्रेस चौतारी झापाले हिमशिखर टिभीका समाचार संयोजक एवम् चौतारीका सदस्य भूमिराज पराजुलीलाई वैदेशिक रोजगार सम्बन्धी एउटा घटनाको छानविन जारी रहेको अवस्थामा अपराधीलाई जस्तै व्यवहार भइरहेकोमा आपत्ति जनाएको छ ।

आज चौतारीका सचिव प्रकाश पौडेलले प्रेस विज्ञप्ति जारी गरी पराजुलीमाथि  नेपाल पत्रकार महासंघ झापाले सदस्यताबाट निलम्बन गर्न गरेको सिफारिस पूर्वाग्रही भएको जनाउँदै ती निर्णय अविलम्ब फिर्ता लिन माग गरेका छन् ।

रोमानिया पठाइदिने आश्वासन दिएर रकम असुलेको आरोप लगाउँदै पीडितहरुले उजुरी दिएपछि वैदेशिक रोजगार विभागले पराजुलीलाई सोधपुछका लागि केही दिन अघि विभागको कार्यालयमा बोलाएको थियो ।

त्यसपछि विभागमा हाजिर भइसकेका उनले आफु घटनाक्रमले परिवन्दमा परेको, प्रत्यक्ष दोषी नरहेको र रोमानियामा रहेका आफ्ना दाजुमार्फत पीडितहरुसँग विदेश पठाउने कामकुरा भएको प्रष्टिकरण दिदै आएका छन् ।

तर, सोधपुछका लागि प्रहरीमार्फत बोलाएकै आधारमा अपराधी जस्तो व्यवहार गरिनु आपत्तिजनक भएको प्रेस चौतारीले जनाएको छ ।

पेशागत सुरक्षा गर्ने जिम्मेवारी बोकेको नेपाल पत्रकार महासंघको झापा शाखाले समेत परिवन्दमा परेको पत्रकारको वास्तविकता वेवास्ता गरी आरोपकै भरमा सदस्यताबाट निलम्बनका लागि सिफारिस गर्नु पूर्वाग्रही कार्वाही भएको चौतारीले दावी गरेको छ ।

महासंघलाई निर्णय अविलम्ब फिर्ता लिन चौतारीको जोडदार माग छ । यसैगरी, हिमशिखर टेलिभिजनले पराजुलीलाई अविलम्ब पुनर्वहाली गर्न समेत चौतारीले माग गरेको छ ।

कसुर प्रमाणित नै भए जस्तै गरी विर्तामोडबाट प्रकाशित हुने पूर्वाञ्चल दैनिकले पत्रकार पराजुलीको फोटोसहित समाचार प्रकाशित गरेकोमा प्रेस काउन्सिलको ध्यानाकर्षण गराउँदै चौतारीले पत्रिका र पत्रिकाका सम्पादकमाथि कार्वाही गर्न माग गरेको छ ।

घटना के हो ?
दमक निवासी पत्रकार पराजुली हिमशिखर टेलिभिजनका समाचार संयोजक एवम् प्रेस चौतारी झापाका सदस्य हुन् ।

उनका दाजु रोमानियामा बस्दै आएका छन् । रोमानियामा रहेका उनका दाजुले विभिन्न व्यक्तिलाई रोमानिया पठाइदिने भन्दै पैसा मागेका रहेछन् ।

विदेशमा मानिस पठाउने सम्बन्धी सम्पूर्ण कामकुरा रोमानियामा रहेका उनका दाजुले नै गरेका थिए । यसमा पत्रकार भूमि पराजुली पैसा असुल गर्ने प्रक्रियाका बेला घटनामा मुछिए ।

रोमानिया लैजाने आश्वासन पााएका पीडित व्यक्तिहरुले भूमिको बैंक खातामा रकम पठाएको र भूमिले सो रकम आफ्ना दाजुलाई रोमानियामा फरवार्ड गरेको पाइएको छ । भूमिले मानिसहरुलाई विदेशमा पठाइदिन्छु भनेका होइनन् । तर दाजुका कारण लेनदेनमा भने भूमि मुछिएकै हुन् ।

रोमानियामा रहेका भूमिका दाजुले रकम असुलेर मानिसहरुलाई विदेश नपठाएपछि विवाद सुरु भयो । रकम फिर्ता नपाएपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएर रकम फिर्ता गराइदिन माग गरे ।

विभागले रोमानियामा रहेका भूमिका दाजुलाई भेट्न सकेन र बैंक खाता प्रयोग भएका आधारमा भूमिलाई नै झापाबाट काठमाडौंस्थित विभागमा हाजिर गराउन झापाको प्रहरीलाई पत्राचार गर्यो ।

प्रहरीले खबर गरेपछि पत्रकार पराजुली काठमाडौं पुगेर विभागको सम्पर्कमा गए । त्यहाँ विभागले पीडितहरुसँग छलफल गरायो र आफ्नै दाजुको मुद्धा भएकाले रकम फिर्ता गराउन दवाव दियो । अहिले रकम फिर्तामा दुवै पक्ष सहमत भएर सो सम्बन्धी प्रक्रिया चलिरहेको छ ।

तर,  नेपाल पत्रकार महासंघ झापाले सदस्यताबाट निलम्बनका लागि प्रदेश पत्रकार महासंघमा सिफारिस गर्ने निर्णय गरेको छ ।

आरोप लाग्ने वित्तिकै अपराधी मानिदैन
पेशाका व्यक्ति हुन् या सर्वसाधारण, आरोप लाग्ने वित्तिकै कोही पनि अपराधी मानिदैन । पत्रकार पराजुलीले वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम आफैले असुल्ने र ठगी गर्ने धन्धा चलाएको थियो भने त्यो गम्भीर आरोप हुन्थ्यो । वास्तविकता त्यस्तो पनि होइन ।

यहाँ त पत्रकार पराजुलीका रोमानिया निवासी दाजु खास अभियुक्त हुन् । उनले नै विदेश पठाउने भनेर विभिन्न व्यक्तिलाई झुठो आश्वासन दिएका हुन् । परिबन्दका कारण रकम जम्मा गर्नका लागि पत्रकार पराजुलीको बैंक खाता मात्र प्रयोग भएको हो । दोष भनेको यति नै हो ।

पीडितको माग अनुसार रकम फिर्ता गराउन भूमि अहिले काठमाडौंमै छन् । उनी प्रहरी र विभागबाट लुकेका पनि छैनन् । यस्तो अवस्थामा पत्रकार पराजुलीमाथिका कार्वाही पूर्वाग्रही भएको प्रेस चौतारीको भनाई छ loktantrapostbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित