केपी शर्मा ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण

0
SHARES
91
VIEWS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकप्टर बाराको सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
सोमबार रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट जाने क्रममा मौसम खराबी भएपछि पूर्व प्रधानमन्त्री ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो ।

अत्यधिक वर्षाका कारण गौर पुग्न नसक्ने भएपछि सिमरा विमानस्थलमा सुरक्षित रुपमा अवतरण गरिएको बताइएको छ ।

अध्यक्ष ओली करिब ४५ मिनेट विमानस्थलमा रोकिएपछि रौतहटतर्फ लागेको एमालेका नेताहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित