रक्तचन्दनको विरुवा प्रकाउ गर्ने प्रहरीको जोरसिमल चेक पोष्ट हटाउन अदालतको आदेश

0
SHARES
71
VIEWS

राजकुमार ओली काकरभिटटा,२४ साउन ।

रक्तचन्दनको विरुवा र अवैध भारतिय रुपैया प्रकाउ गरेर चर्चामा आएको जोरसिमलमा रहेको सशस्त्र प्रहरीको चेक पोस्ट हटाउन अदालतले आदेश जारी गरेको छ।

केही समय अघि मात्रै भन्सार कार्यलयबाट छुटेका मालबाहाक गाडीमा अवैध रुपैयां तथा अवैध रक्तचन्दनका विरुवा जोरसिमलको चेक पोष्टले प्रकाउ गरेर राजश्व  कार्यलय पटाएपछि चर्चामा आएको सशस्त्र्प्रहरीको काकरभिटटाको टोली निशानामा परेको अनुमान गरिएको थियो ।

प्रकाउ गरिएको सामान छुटाउन धेरै बलजोड गरिएपनि अन्तत ती सामाान राजश्व अनुसन्धान तथा सम्वन्धित कार्यलयमा बुझाएर अनुसन्धान शुरु भएको थियो ।
सोही समयमा नै शक्ति प्रयोग गरेर चेक पोष्ट हटाउने धम्की आएको भएपनि अन्तत कानुनी प्रक्रियाबाट अदालतले चेकपोष्ट हटाउन निर्देशन दिएको छ । लगातार दुईपटक ठुला व्यापारीको अबैध पैसा र सामान समातिए पछि उक्त चेकपोस्ट निसानामा परेको स्थानियवासीहरुले अनुमान गरेका छन ।

गत जेठ २२ गते मध्यरातको १२ बजे मेची भन्सार भित्रै पार्किङ शुल्क समेत तिरेर भन्सारकै गेटबाट जाँचपास भई निस्किएका तिनवटा भारतीय नम्बर प्लेटका मालबाहक गाडीमा आलु र प्रतिबन्धित रक्त चन्दनको बिरुवा सहित सशस्त्र प्रहरीले ले जोरसिमलमा चेक पोस्टबाट नियन्त्रणमा लिएर राजस्व कार्यालय इटहरीमा बुझाएको थियोे भने असार ३२ गते सोही चेक पोष्टले होटल मेची क्राउनमा रहेको क्यासिनोको प्रतिबन्धित भारतिय रूपैयाँ ५ लाख २१ हजार रकम सहित पाँचजना भारतीय नागरिकलाई पक्राउ गरेको थियोे ।

उक्त चेकपोस्टले भन्सार छली तथा अबैध धन्दामा संलग्नहरुको सामान लगातार जफत गरिदिएपछि व्यापारीहरुले अदालतको दुरुपयोग गरेर चेकपोस्ट नै हटाउने प्रयत्न गरेका छन्,।

गत जठ २२ गते मध्यराति प्रज्ञापन पत्र नक्कली बनाएर कर छली गर्दै प्रतिबन्धित रक्तचन्दनको विरुवा बोकेका डब्लुबी ३७ वि ७३८३, एनएल ०१ जी ९९५२ र डब्लूबी १९ जे ७९२० ट्रकहरू नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाए पनि राजस्व कार्यालयको सेटिङमा ती सबै विरुवाहरु तत्कालै नष्ट गरिएको थियोे भने रक्तचन्दनको विरुवालाई रातारात चन्दनको विरुवा बनाइएको थियोे । अबैध सामान सहित पक्राउ परेका मालबाहक सवारीसाधनका सबै कागजात र सवारी चालकलाई सेटिङमै भगाइएको थियोे ।

उक्त घटना सेलाउन नपाउँदै सोही चेकपोस्टले गत असार ३२ गते होटेल मेची क्राउनमा एचएमसी मा प्रतिबन्धित भारतीय रुपैयाँ बोकेर आएका पाँच जना भारतीय नागरिकलाई सशस्त्रले जोरसिमलमा रोकियो एचएमसीले नै रिजर्भ गरेको टोयटा कम्पनीको डब्लुबी ७४ बीएच ९६४३ नम्बरको इनोभा कारमा आएका उनीहरुको साथबाट लुकाइछिपाई राखेको भारतीय ५ लाख २१ हजार रुपैयाँ बरामद गर्यो । उक्त प्रतिबन्धित नोटसहित भारतको आसम तिनसुकिया बस्ने आनन्द कुमार , सोही स्थानका प्रमोद जलान, मनोज अग्रवाल, अशोक अग्रवाल र खोरीवारी बस्ने सवारी चालक अभिजीत सिंहलाई नियन्त्रणमा लिएर सशस्त्रले राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाइदिएको थियोे ।

उनीहरूलाई नियन्त्रण लिए लगत्तै एचएमसीका सञ्चालक बलाराम सापकोटाले जोरसिमल चेकपोस्ट पुगेर सशस्त्र प्रहरीलाई धम्कीपूर्ण भाषा बोल्दै पावर लगाएर सबै सशस्त्रको सरुवा गरिदिने चेतावनी दिएका थिए ।

पछिल्लो समयमा तस्करी तथा अवैध धन्दा रोकथाममा उल्लेखनीय काम गर्दै आइरहेको अवस्थामा उच्च अदालत विराटनगर र इलाम इजलासले तत्काल जोरसिमल चेकपोस्टमा चेकजाँच नगर्न भनी अन्तरिम आदेश जारी गरेको छ । निवेदक मेचीनगरका सन्दीप खनालले सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट काँकडभिट्टा र मेची भन्सार कार्यालयलाई विपक्षी बनाएर राजमार्गको जोरसिमलमा सशस्त्रले चेकपोस्ट खडा गरी आम जनता, उपभोक्ता यात्रुहरूलाई हैरानी एवम् असहजता बनाउने, कानुन विपरीत कुनै व्यक्तिलाई चेकजाँचको नाममा दुःख हैरानी दिन नपाइने भन्दै उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

सोही निवेदनका आधारमा उच्च अदालत विराटनगर, इलाम इजलास न्यायाधीश प्रेम कार्कीको एकल इजलासले जोरसिमल चेकपोस्टमा तत्कालको लागि जाँच नगर्न साउन १९ गते अन्तरिम आदेश दिएको हो। निवेदकको तर्फबाट अधिवक्ता अशोककुमार पोखरेल र सुरज खत्रीले बहस गरेका थिए ।

अदालतले सशस्त्र प्रहरीलाई उक्त स्थानमा चेकपोस्ट राख्नुको लिखित कारण खुलाएर १५ दिनभित्र जवाफ पेस गर्न समेत आदेश दिएको छ। त्यो बाहेक निवेदक र सशस्त्र प्रहरीलाई साउन २६ गते छलफलको लागि उच्च अदालत बोलाएको छ । सरकारलाई विपक्षी बनाएर मुद्दा परेकोले सशस्त्रको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयबाट छलफलका लागि उच्च अदालत जाने बुझिएको छ । चेक पोस्टमा चेकजाँचको नाममा स्थानीयवासीलाई हैरानी र दुःख मात्रै दिने गरेको आरोप सशस्त्र प्रहरीमाथि लागेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित