काठमाडौं उपत्यकाको फोहोर बोकेका गाडीमाथि तोडफोड

0
SHARES
4
VIEWS

काठमाडौं, २४ साउन । काठमाडौं उपत्यकाको फोहोर बोकेका गाडीमाथि तोडफोड भएको छ ।

मंगलबार विहान फोहोर बोकेर गएको गाडीमाथि सिस्डोल–बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा टीपर र डोजरमाथि अज्ञात समूहले तोडफोड गरेका हुन् ।

प्रहरीले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको जनाएको छ ।

बञ्चरेडाँडाका स्थानीयबासीहरुले फोहोर फाल्न नदिने जनाउँदै आएका कारण तोडफोड भएको हुनसक्ने बताइएको छ ।

गाडीमाथि तोडफोड भएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि चुनौती थपिएको छdainiknepal

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित