विदेशमा अलपत्र परेका नेपालीको सारथी बन्दै झापाका दुर्गा प्रसाइ ,

0
SHARES
9
VIEWS

मेडिकल व्यावसायी दुर्गा प्रसाईँले पछिल्लो पटक दुबईमा सडक दुर्घटनामा परी घाइते भई पुगी अलपत्र परेकी एक नेपाली चेलीको उद्धार गरेका छन ।

रोजगारीको सिलसिलामा दुबई पुगी सडक दुर्घटनामा घाइते भई अलपत्र परेकी ४२ वर्षीया जानकी थापा मगरको प्रसाईँले निजी खर्चमै उद्धार गरेका हुन । रोजगारीको सिलसिलामा विदेश पुगी मृत्युवरण गरी वेशारिशे अवस्थामा रहेका नेपालीहरूका शवलाई नेपाल ल्याएर पुण्यको काम गरी रहनुभएका प्रसाईँले घाइते भई अलपत्र अवस्थामा पुगेका नेपाली चेलीको पनि उद्धार गरेर थप पुण्यको काम गर्नुभएको हो ।

थापामगरलाई दुबईको सडकमा स्कुल बसले ठक्कर दिएको थियो । दुर्घटनामा गंभिर घाइते भएकी थापामगरको खुट्टा चल्दैनन् भने कम्मरमा पनि पाँच सात ठाउँ भाँचिएको छ । दुर्घटनापछि अत्यधिक रक्तस्राव र छातीसमेत खराब भई अस्पताल भर्ना भएकी थापामगर रकम अभावकै कारण उपचार र उद्धारको पर्खाइमा थिइन् ।

दुबईको एनएमसी रोयल अस्पतालको आइसियुमा अलपत्र अवस्थामा रहेकी थापामगरको उद्धारका लागि त्यहाँ रहेका नेपालीहरूले नेपाली दूतावाससँग पटक पटक आग्रह गरे पनि सुनुवाई नभएपछि प्रसाईँलाई गुहारेका थिए ।

दुर्घटनामा घाइते भएकी थापामगरको दुबईमा कोही आफन्त पनि नभएको र उपचार पाउनका लागि बिमा पनि नभए पछि थप समस्या भइरहेको थियो । दुर्घटनापछि दुबई प्रहरीले कुनै उजुरी लिन नमान्नु र काम गर्ने कम्पनीले पनि वास्ता नगरेपछि यी चेली अस्पतालमा अलपत्र अवस्थामा थिइन् । अस्पतालबाट निकाल्न र नेपाल ल्याउन पनि ठुलो खर्च लाग्ने भएसँगै यी चेली अलपत्र अवस्थामा छटपटाइरहेकी थिइन् ।

दुबईमा रहनुभएका नेपालीहरू भीम मल्ल र कमल जिसी लगायतले कतैबाट सहयोग नपाएपछि दुर्गा प्रसाईँलाई समस्याबारे जानकारी गराएपछि उहाँको उद्दार गरीएको प्रसाईले बताउनुभयो ।

अलपत्र चेलीको अवस्थाबारे सुन्ने बित्तिकै प्रसाईँ उद्धारका लागि तयार हुनुभएको हो । प्रसाईँले कुनै पनि नेपाली चेली विदेशमा यसरी अलपत्र पर्नु विडम्बना भएको बताउनुभयो । नेपाल ल्याइएकी चेली थापामगरलाई प्रसाईले झापामा रहेको आफ्नो हस्पिटलमा थप उपचार गर्ने बताउनुभएको छ ।

अलपत्र नेपालीको उद्धार गर्नु आफ्नो कर्तव्य सम्झिएर यी चेलीको उद्धार गरिएको उहाँले बताउनुभयो । दुबईका नेपालीहरूले पछिल्लो पटक यदि गरिबको लागि सरकार छ भने दुर्गा प्रसाईँको सरकार भएको महसुस गर्न थालेको उद्धारका लागि पहल गरिरहनुभएका भीम मल्लले बताउनुभयो । ‘सरकार अन्धो भो, दूतावास बहिरो भो, पराइदेशमा चेली अलपत्र परिन् गरिबका लागि सरकार कोही रहेछ भने दुर्गा प्रसाईकै सरकार रहेछ’ उहाँले बताउनुभयो ।

युएईका नेपालीहरूले पछिल्लो पटक दुर्गा प्रसाईँलाई आफ्नो अभिभावक मान्न थालेको अर्का अभियानकर्ता कमल जिसीले बताउनुभयो । सरकारले समेत गर्न नसकेको कामहरू दुर्गा प्रसाईँले भटाभट गर्न थाले पछि बल्ल आफ्नो अभिभावक पाइएको महसुस भएको उहाँले बताउनुभयो ।

पछिल्लो समय समाजसेवामा अब्बल देखिनुभएका प्रसाईँले विभिन्न कारणले दुबईमा मृत्यु भई बेवारिसे बनेका नेपालीको शव नेपाल ल्याउने काम गरिरहनुभएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईले अब आफ्नो पहल दुबईका जेलमा रहेका नेपालीलाई नेपाल ल्याउनु रहेको बताउनुभयो ।

प्रसाईँको पहल र खर्चमा तीन वर्षदेखि दुबईमा बेवारिसे अवस्थामा रहेका ९ नेपालीहरूको शव नेपाल ल्याइसकिएको छ ।

प्रसाईँले आफूले यी सबै कामहरू मानवीय हिसाबले मात्र गर्न खोजेको बताउनुभयो । कतिपय व्यक्तिहरूले आफूलाई राजनीतिक आँखाबाट हेरेको भन्दै प्रसाईँले विशुद्ध मानवीय सेवाका कामलाई राजनीतिकरण नगरिदिन आग्रह गर्नुभयो । ‘एक नेपालीले अर्को नेपालीको पीडामा मलम लगाउनु हाम्रो मानवीय धर्म हो, विचार र आस्थाका हिसाबले को कहाँ होला, तर यस्तो काममा राजनीति नगरौँ’ प्रसाईँले भन्नुभयो ।
उद्दार गरेर आएकी जानकी थापामगरले दुर्गा प्रसाई आफ्नो लागि बाबुभन्दा पनि ठुलो भएर आएको बताइन् । आफुहरु जस्तै दुबईमा धेरै नेपाली अलपत्र अवस्थामा रहेको र खाना खासमेत नपाइरहेको उहाँले बताउनुभयो । आफु अलपत्र अवस्थामा तड्पीरहेको अवस्थामा प्रसाई जस्तो अभिभावक पाउनु स्वर्गदुत पाएजस्तै भएको उहाँले बताउनुभयोnepalbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित