देवी माविले गर्यो कोमल ओलीलाइ सम्मान

0
SHARES
15
VIEWS

झापाका सामुदायिक विद्यालयहरुमा अब्बल रहेको बिर्तामोडको देवी माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयबाट एसइइ २०७८ को परीक्षामा सबैभन्दा उच्च जिपिए ल्याउने कोमल ओलीलाई सम्मान गरिएको प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिइन् ।

ओलीलाई नगद पाँच हजारसहित विद्यालयले सम्मान गरेको हो । उनले ३ दशमलव ६२ जिपिए प्राप्त गरेकी छन् । यो जिपिए ९० दशमलव ५ प्रतिशत अंक हो ।

ल्य मभकअचष्उतष्यल बखबष्बिदभि।
विद्यालयबाट एसइइमा २८४ जना विद्यार्थी सहभागी थिए । तीमध्ये २३० जनाले १ दशमलव ६ जिपिए प्राप्त गरेको श्रेष्ठले बताइन् ।

बिर्तामोडका संस्थागत विद्यालयमा जस्तै अंग्रेजी शिक्षा, पोसाक तथा अनुशासन रहेको देवी माविमा हाल तीन हजार २०० विद्यार्थी अध्ययनरत् छन् । उत्कृष्ट पढाइ, भव्य भवन र स्वच्छ वातावरणका कारण देवीमा विद्यार्थीको चाप बढ्ने गरेको झापाटुडेले समाचार लेखेकोछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित