दलको नेता बन्न दौडधुप…कांग्रेसमा तीन नेताबीच प्रतिस्पर्धा, एमालेमा कार्की बलिया दाबेदार

0
SHARES
44
VIEWS

कांग्रेसबाहेक सबै दलमा सहमतिमै दलको नेता छानिँदै, संघमा कस्तो समीकरण बन्छ त्यसैअनुसार नेता चयन गरिने

प्रदेश १ : कांग्रेसमा तीन नेताबीच प्रतिस्पर्धा, एमालेमा कार्की बलिया दाबेदार

प्रदेश १ सभामा ६ दलका सांसद निर्वाचित छन् । ९३ सांसद भएको प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका ४० सांसद छन् । कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, एकीकृत समाजवादीको चार र जनता समाजवादी पार्टीको एकजना सांसद छन् ।

सरकार गठनका लागि जसपा निर्णायक छ । सत्तागठबन्धनसँग र एमाले–राप्रपा गठबन्धनसँग समान ४६–४६ मत छ । प्रदेश १ मा जसपाले सहयोग गर्ने एमालेले अपेक्षा राखेको छ । ‘विगतकै जस्तो गठबन्धन हुन्छ होला,’ एमाले सांसद हिक्मतकुमार कार्की भन्छन्, ‘सँगै हिँडेको हुनाले जसपासँगै हुन्छौँ भन्ने बुझाइ छ ।’

प्रदेश १ का कुनै पनि पार्टीले संसदीय दलको नेता चयन गरेका छैनन् । दलहरू दलको नेता चयनको तयारीमा छन् । एमालेले आइतबार दलको नेता टुंगो लगाउने तयारी गरेको छ । प्रदेश १ मा एमालेका हिक्मत कार्की दलको नेताका सशक्त दाबेदार मानिन्छन् । पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका कार्की एमालेको स्थायी कमिटी सदस्य हुन् ।

कांग्रेसले १५ पुसभित्र संसदीय दलको निर्वाचन गर्ने तयारी गरेको छ । ११ पुसमा पार्टी प्रदेश कार्यसम्पादन समितिको बैठक बसेर यसले निर्वाचनको मिति तय गर्ने पार्टी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए । उनले १५ पुससम्म निर्वाचन गर्ने बताए । कांग्रेसमा प्रदेश सभापति थापा पनि आकांक्षी हुन् । उनीबाहेक केन्द्रीय सदस्य अमृत अर्याल, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीलगायतले दलको नेतामा दाबी गरेका छन् ।

माओवादीभित्र इन्द्र आङ्बो र दुर्गाप्रसाद चापागाईं दलको नेताका आकांक्षी छन् । पार्टी पोलिटब्युरो सदस्यसमेत रहेका आङ्बो यसअघि पनि दलको नेता थिए । चापागाईं पार्टी केन्द्रीय सदस्य हुन् । ६ सिट रहेको राप्रपाले पनि हालसम्म दलको नेता टुंगो लगाएको छैन । यद्यपि, राप्रपाका भक्ति सिटौला दलको नेताका दाबेदार हुन् । उनीबाहेक राप्रपाका खासै दर्बिलो दाबेदारी कसैको छैन । एकीकृत समाजवादीमा भने हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई दलको नेताका आकांक्षी हुन् । उनी पार्टीका सिनियर नेता भएको र विगतमा पनि दलको नेता भइसकेकाले राई नै नेता हुने सम्भावना छ ।nayapatrikabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार