पिके फाइनान्सियल एकाडेमीको सेमिनार शनिवार बिर्तामोडमा आयोजना हुदै

0
SHARES
7
VIEWS

बिर्तामोड– झापाको बिर्तामोडमा चार्टर्ड एकाउन्टेन्ट्सको पढाई सुरु गरेको पिके फाइनान्सियल एकाडेमीले आज सेमिनार आयोजना गरेको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङका विद्यार्थी तथा अभिभावकको सहजताका लागि पिके फाइनान्सियल एकाडेमीले आफ्नो कार्यक्रमबारे सेमनिारमार्फत जानकारी दिन लागेको हो ।

एकाडेमीले अहिले एसीसीएका कक्षा सञ्चालन गर्दै आएको छ । सञ्चालनको प्रारम्भिक चरणमा चार जना विद्यार्थी एसीसीएको कक्षामा भर्ना भएका छन् ।

लेखा व्यवसायप्रति विद्यार्थीको आकर्षण बढ्दै गइरहेका बेला पिके फाइनान्सियल एकाडेमीले उच्च शिक्षामा चार्टर्ड एकाउन्टेन्टस्को पढाई सुरु गरेको छ ।

लेखा व्यवसाय अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरेर एकाडेमीले बिर्तामोडको सिटी सेन्टरमा रहेको साइ प्यालेसमा सेमिनार आयोजना गरेको अध्यक्ष गंगाराम बस्नेतले बताए ।

झापा र इलामका विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थी र तिनका अभिभावकलाई कार्यक्रममा आमन्त्रण गरिएको छ । कार्यक्रममा चार्टर्ड एकाउन्टेन्टस् र एसीसीएका विषयमा सहभागीले जानकारी हासिल गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित