राजवंशी समाज विकास समिति विभाजित,बिर्तामोडमा शनिवार विशेष केन्द्रीय महाधिवेशन आयोजना गरिदै

0
SHARES
96
VIEWS

राजवंशी समाज विकास समिति विभाजित भएको छ । विधानविपरीत एकतर्फीरुपमा नेतृत्व घोषणा गरिएपछि राजवंशी समुदाय विभाजनको अवस्थामा पुगेको हो ।

भीमराज चौधरी नेतृत्वको समितिले असार ३० र ३१ गते मोरङको कटहरीमा आयोजित महाधिवेशनमा एकतर्फीरुपमा नेतृत्व घोषणा गरेपछि विवाद सुरु भएको थियो । विवाद भएपछि सहभागी प्रतिनिधिले विशेष केन्द्रीय महाधिवेशन तदर्थ समिति गठन गरेका थिए ।

समितिले शनिवार बिर्तामोडमा विशेष केन्द्रीय महाधिवेशन आयोजना गरेको छ । महाधिवेशनमा झापा, मोरङ र सुनसरीसहित संघीय राजधानी काठमाडौँबाट पनि प्रतिनिधि आउँदैछन् ।

बिर्तामोडमा आयोजना गरिएको विशेष केन्द्रीय महाधिवेशनमा झापाको ११ पालिका र मोरङको १० वटा पालिकाबाट प्रतिनिधि सहभागी हुनेछन् । १२० जना प्रतिनिधिको सहभागितामा महाधिवेशन सम्पन्न हुनेछ ।

आठवर्ष नेतृत्व हाँकेका चौधरीले पुन आफ्नै नेतृत्वमा समिति बनाएपछि राजवंशी समाज विकास समिति विभाजनको अवस्थामा पुगेको विशेष केन्द्रीय महाधिवेशन तदर्थ समितिका सदस्य अभय राजवंशीले बताए ।

तदर्थ समितिले शुक्रवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी व्यक्तिगत कम्पनीसरह संस्थालाई सञ्चालन गर्ने चौधरीको नियत रहेको जनाउँदै त्यसविरुद्ध सशक्त रुपमा उभिएको जनाएको छ ।

‘विवादको छिनोफानो अव अदालतले गर्ला’, सदस्य राजवंशीले भने, ‘विधानत हामी हाम्रो काम अगाडि बढाउँछौँ ।विधिसम्मतरुपमा महाधिवेशन आयोजना गरेका छौँ ।’

विधानको व्यवस्थालाई सामान्य पालना गर्न समेत नसक्ने चौधरीको नेतृत्वबाट समाजको विकासका लागि थप अपेक्षा राख्न नसकिने तदर्थ समितिका संयोजक मोहन राजवंशीले बताए ।speakcarnar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित