३२ लाखमा रेडपाण्डाको छाला बेच्न हिडेंका ३ जना प्रकाउ ,डिभिजन बनमा राखेर अनुसन्धान गरिदै

0
SHARES
9
VIEWS

प्रहरीले धरानबाट रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । रेडपाण्डा दुर्लभ र लोपोन्मुख वन्यजन्तु भएकाले संरक्षित सूचीमा पर्छ ।

 

जिल्ला प्रहरी कार्यालयका एसपी प्रभुप्रसाद ढकालका अनुसार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले धरान १५ बाझगराको श्यामचौकबाट रेडपाण्डाको छालासहित तीन जनालाई बिहीबार साँझ पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरुमा धरान १६ बस्ने सुदेश विश्वकर्मा, मोरङको केराबारी गाउँपालिका ६ बस्ने रजिस राई र मोरङकै सुन्दरहरैचा ५ बस्ने निश्चल श्रेष्ठ रहेका छन् । संरक्षित वन्यजन्तुको छालासहित पक्राउ परेकाले तीनै जनालाई शुक्रबार जिल्ला वन कार्यालयमा थप अनुसन्धानका लागि पठाइएको छ ।

 

एसपी ढकालले भने, ‘रेडपाण्डाको पूरै छाला बरामद भएको छ । प्रारम्भीक अनुसन्धान अनुसार उनीहरुले संखुवासभाबाट ल्याएको बुझिएको छ । उनीहरुले एक व्यापारीलाई ३२ लाख रुपैयाँमा बिक्री गर्ने डिल भएअनुसार धरानमा छाला ल्याएको बुझिएको छ ।’

 

प्रहरीका अनुसार ती व्यापारीले पनि अन्य मुलुकमा बिक्री गर्नका लागि ३२ लाख रुपैयाँमा रेडपाण्डाको छाला किन्ने डिल गरेका थिए । प्रहरीले खरिद गर्न चाहने व्यापारी र रेडपाण्डा मारेर छाला बिक्री गर्ने गिरोहको थप खोजी गरिरहेको जनाएको छ । रेडपाण्डा ताप्लेजुङ र संखुवासभाका जंगलमा मात्र सीमित मात्रामा पाइन्छ । इकान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित