ब्राउन सुगर सहित सिलवाल र श्रेष्ठ दमकबाट प्रकाउ

0
SHARES
36
VIEWS

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले २५ ग्राम ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरु गौरादह नगरपालिका निवासी हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार राति ८ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ९ स्थित इँटाभट्टाबाट को २९ प २२३४ नम्बरको मोटरसाइकलमा सवार गौरादह नगरपालिका १ का ३३ वर्षीय भीमबहादुर श्रेष्ठ र सोही ठाउँका ३२ वर्षीय मोहन सिलवाललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २५ ग्राम ब्राउनसुगर र नगद १० हजारसहित बरामद गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको डीएसपी पाठकले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित