वाँदरको आक्रमणबाट गाउँले चिन्तित

0
SHARES
8
VIEWS

खोटाङ( बाँदरको टोकाइबाट खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका(५ लफ्याङ काफ्लेगाउँका १२ वर्षीय नातीकाली कटवाल घाइते भएका छन्।

मकैबारीमा हुल बाँधिएर पसेको बाँदर धपाउने क्रममा कटवाललाई लाखुले टोकेको हो। बाँदरको टोकाइबाट देब्रे खुट्टाको पिँडुलाको अगाडि र पछाडि गहिरो चोट लागेका कटवालको टेकु अस्पतालमा उपचार भइरहेको लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेले बताए।

बाँदरको टोकाइबाट सख्त घाइते भएका कटवालाई जिल्ला अस्पतालले रेफर गरेपछि काठमाडौं लगिएको हो। स्थानीय देबिस्थान सामुदायिक वन आसपासको मकैबारीमा पसेको बाँदर धपाउने क्रममा उनलाई टोकेको हो। धपाउन गएका मान्छेलाई नै बाँदरले टोकेपछि स्थानीय त्रसित छन्। १० स्थानीय तह रहेको खोटाङका अधिकांश ठाउँमा बाँदरको समस्या छ।

०७५ फागुनमा बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पुर्‍याउने भन्दै भारतको खुसीनगर उत्तरप्रदेशका पेसेवार सिकारी ल्याएर लफ्याङको छार्का, लुछिमलगायतका स्थानबाट दर्जनौं बाँदर समातिएको थियो। नगरपालिकाकै आर्थिक सहयोगमा लफ्याङमा ७ फागुन ०७५ देखि ‘बाँदर समाउ’ अभियान थालिएको थियो।

तर निकुञ्जमा लैजान भन्दै समातेर राखेको बाँदर राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानुनी प्रावधानले जटिलता आइपरेको थियो।

यसपछि १ चैत २०७६ मा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका बाँदर पीडित किसानले नगरपालिकासमक्ष तारजालीको खोर वनाएर बाँदरलाई थुन्ने व्यवस्थाको माग गरेका थिए।

१९ फागुन २०७६मा दिक्तेलको हेलीप्याडमा भएको भेलाको निर्णयअनुसार किसानले बाँदरलाई खोरमा थुनेर राख्ने व्यवस्थाका लागि नगरसमक्ष बजेट माग गरेका थिए।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसानले किसानले बाँदरको समस्या हल गर्न माग गर्दै १ चैत ०७६ मा हलो, जुवा, दाँते र कोदालोसहित र्‍याली प्रदर्शन गरेका थिए हिमालप्रेसबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित