चलचित्र ‘माइकल अधिकारी‘ भदौ ३ गतेदेखि देशभर एकैसाथ प्रदर्शनी हुने

0
SHARES
16
VIEWS

चलचित्र ‘माइकल अधिकारी‘ भदौ ३ गतेदेखि देशभर एकैसाथ प्रदर्शनी हुने भएको छ ।

प्रदर्शनको अन्तिम चरणको प्रचारप्रसारको लागि चलचित्रको टिम यतिबेला देशव्यापी प्रचारप्रसारमा निस्केको छ । यसै क्रममा शनिबार कलाकार सहितको टिम पुर्वको शहर बिर्तामोड, इटहरी र बिराटनगरमा पुगेको छ । कलाकार सहितको टिमले विर्तामोडमा शनिबार पत्रकारसंग भेटघाट गर्दै चलचित्र सम्बन्धि जानकारी गराएको छ ।

उद्धव पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरालगायतको मुख्य अभिनय छ । साथै उक्त चलचित्रमा स्थानीय कलाकारको समेत भुमिका रहेको छ।

श्री कृष्णअष्टमीको अवसर पारेर देशभरका हलहरुमा प्रदर्शनमा आउने चलचित्र ‘माइकल अधिकारी‘ राम्रो बनेको निर्माता निरक पौडेलले बताए । चलचित्र हेर्न जाने दर्शकको रकम खेर नजाने बताउँदै उनले भने, चलचित्र हेर्दा दर्शकले भरपुर मनोरञ्जन लिनेमा आफुहरू ढुक्क रहेको बताए।

करिब एक करोडको लागतमा बनेको चलचित्र झापा र ईलामको बिभिन्न स्थानमा छायाङकन गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित