एमालेद्वारा नागरिकता विधेयक फिर्ताको स्वागत

0
SHARES
5
VIEWS

नेकपा (एमाले)ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचारका लागि फिर्ता पठाउने निर्णयको स्वागत गरेको छ ।

प्रतिनिधिसभामा एमाले प्रमुख सचेतक विशाल भट्टराईले जनभावनालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विधेयक फिर्ता गरेको भन्दै स्वागत गरेका हुन् ।

व्यापकरुपमा उठेको जनगुनासोलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको भट्टराईले बताए ।

एमालेले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राख्नु पर्ने जनाउँदै आएको छ ।

यस विषयमा सत्ता गठबन्धनले जबरजस्ती गरे कडा प्रतिवाद गर्ने पनि भट्टराईले बताएdainiknepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित