सैन्य हतियार सहितको अमेरिकी सेना काठमाडौमा

0
SHARES
36
VIEWS

सैन्य हतियार सहितको अमेरिकी सेना काठमाडौमा आइपुगेको छ । नेपालको अनुमतिका साथ अमेरिकी सेना नेपाल आइपुगेको हो . नेपाली सेना र अमेरिकी सेनाबीच एक्स ब्यालेन्स नेल नामक संयुक्त तालिम सञ्चालन हुने भएको छ । मंगलबारदेखि एक महिनासम्म चल्ने तालिममा सहभागी हुन अमेरिकी सेनाको टोली अमेरिकी जहाज लिएर सोमबार काठमाडौं आइपुगेको छ ।

०६० देखि नै दुई सेनाबीच सञ्चालन हुँदै आएको तालिमको यसपटक ३९औँ संस्करण आयोजना हुन लागेको सेनाले जनाएको छ । रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेन्जर गण र अमेरिकी सेनाका टुकडीबीच तालिम हुन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले सोमबार विज्ञप्तिमा जनाएको छ । तालिम ३१ भदौसम्म चल्नेछ ।

तालिममा नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाबाट १६ जना रहनेछन् । संयुक्त तालिममा सशस्त्र द्वन्द्वका नियम, सैन्य निर्णय प्रक्रियालगायतका विषय समावेश हुनेछन् । छाउनी र नगरकोटमा तालिम सञ्चालन हुने सेनाले जनाएको छ । अमेरिकी सेनाको टुकडी क्याप्टेन ब्लेक डुकटेलको कमान्डमा सैन्य सामग्रीसहित सोमबार आइपुगेको नयाँ पत्रिकाले समाचार लेखेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित