एम्वुलेन्स भित्र ५ वोरा गाँजा …झापामा निगरानी बढाउदै प्रशासन

0
SHARES
30
VIEWS

पछिल्लो समय एम्वुलेन्समा गांजा तथा अवैध सामान प्रकाउ पर्न थालेको पाइएपछि झापामा समेत कडाइ गर्ने रणनितीमा प्रहरी पुगेको छ सिरहामा एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद भएको हो । प्रहरीले गाँजा भेटिएपछि चालकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सोमबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका–१ मा को १ च ७५७७ नम्बरको एम्बुलेन्समा चेकजाँजका क्रममा गाँजा बरामद भएको हो ।

एम्बुलेन्सको पछाडि बिरामी राख्ने भागमा ५ वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा र २८ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले चालक सिरहाको धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित