कनकाई नगर अस्पतालमा नगरपालिका र दाताहरूको सहयोगमा अक्सिजन प्लान्ट सञ्चालन

0
SHARES
20
VIEWS

झापाको कनकाई नगरपालिकाले नगर अस्पतालमा नगरपालिका र दाताहरूको सहयोगमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ ।
आज एक कार्यक्रमका बिच कनकाईका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले उक्त अक्सिजन प्लान्टको उद्घाटन गर्नूभएको हो ।

नगरप्रमुख पोखरेलले आफ्नो तर्फबाट अक्सिजन प्लान्ट स्थापनाको लागि १० लाख दिने घोषणा गरेर सुरु भएको अक्सिजन प्लान्ट स्थापना अभियानका लागि कनकाई नगरको १ करोड ७ लाख, विभिन्न दाताहरूबाट संकलन भएको ५८ लाख गरि जम्मा १ करोड ६६ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट स्थापना भएको हो ।

दुई बर्ष अघि कोरोना कहरका कारण प्रतारित नगरवासी हरुलाई कनकाई नगरपालिकाले निशुल्क अक्सिजन उपलब्ध गराएको थियो । कोभिड बाहेकका अक्सिजन चाहिने सबैखाले बिरामीहरूले पनि सो सुविधा प्राप्त गरेका थिए । हाल सम्म पनि नगरपालिकाले अक्सिजन आवश्यक पर्ने बिरामीहरूलाई अक्सिजन खरिद गरेर निशुल्क वितरण गर्दै आएको छ । अब आफ्नै प्लान्टबाट उत्पादन गरिएको अक्सिजन नगरबासी हरुलाई उपलब्ध गराउने र छिमेकी पालिका र अस्पतालहरूलाई अक्सिजन बिक्री गर्ने गरि प्लान्ट सञ्चालनमा ल्याइएको नगरप्रमुख पोखरेलले बताउनुभएको छ ।

नगर प्रमुख पोखरेलले नगर अस्पताल सुधारमा ध्यान दिइएको र अब छिट्टै अस्पताललाई सुविधा युक्त बनाएर नगरवासीलाई सहज स्वास्थ्य सुविधा उपलब्ध गराउने बताउनुभएको हो ।

नेपालमा स्थापना गरिएका अधिकांश प्लान्टहरु को अक्सिजन उत्पादन शुद्धता क्षमता ९३ प्रतिशत रहेको र कनकाईले स्थापना गरेको प्लान्टबाट ९५ प्रतिशत शुद्ध अक्सिजन उत्पादन हुने, दैनिक १६० वटा सिलिन्डर भर्न सकिने नगरपालिकाले दावी गरेको छ । प्लान्टबाट अस्पतालको बेडसम्म सिधै अक्सिजन पुर्याउने व्यवस्था मिलाइएको छ ।

गत आर्थिक वर्षमै तयार भएको अक्सिजन प्लान्ट आजबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो । नगरले विगत बर्षमा पूर्वाधार विकासमा बढी ध्यान दिएको थियो, यस वर्षबाट मानवीय विकासको लागि काम गर्नु पर्छ भन्ने नगर प्रमुखको धेय रहेको छ मानवीय विकास विनाको पूर्वाधार विकासको औचित्य नहुने भनेर नगरले स्वास्थ्य, शिक्षामा क्रमिक रुपमा प्राथमिक बजेट बनाउन थालेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताउनुभयो ।

सोही अवसरमा ग्यासँ प्लान्टका इन्जीनियर बाग्लेले आफुहरुले नेपालकै रामै्रा र एक दिनमा १सय ६० वटा ग्याँस सिलिण्डर भर्न सक्ने उच्च गुणस्तरिय मेशीन ल्याउन सकेको र आउने दिनमा कन्काइ मात्रै नभएर पुर्वका शहरहरुमा समेत ग्याँस दिन सकिने गरि योजना बनाएको बताउनुभएको छ ।

अक्सिजन प्लान्ट उद्घाटनको अवसरमा नगर प्रमुख पोखरेललगायत सबै दाताहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपप्रमुख आशा शर्मा शिवाकोटीले दाताहरूलाई धन्यवाद दिदै स्वागत गरेको कार्यक्रममा कन्काइ नगरका स्थानियवासीहरुको वाक्लो उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार