विश्वप्रकाशले गरे झापा १ बाट उमेद्वारको घोषणा ,एमालेबाट कोइराला,मैनाली र अधिकारीको बलियो सम्भावना

0
SHARES
68
VIEWS

काठमाडौं, १ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले सामाजिक सन्जाल मार्फत आगामी मंसिर ४ गते हुने निर्वाचनमा झापाबाटै उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
उनले ०७४ सालको निर्वाचनमा झापा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए । केही समय अघिसम्म शर्मा काठमाडौ ५ मा चुनाव प्रचारमा लागिसकेका थिए । तर, गठबन्धन हुने भएपछि आफ्नो जित सुनिश्चित हुने संकेत पाएसँगै उनले अघिल्लो निर्वाचनमा हारेकै ठाउँबाट उम्मेदवार हुने घोषणा गरेका हुन् ।

‘फेरि प्रस्ट्याऊँ। वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो। तर मान्छे म मेची र निन्दा किनारकै हो। काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछुनै तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मान साथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु। प्रेम उता घरजम यता कुरै हुन्न’, शर्माले ट्वीटरमा लेखेका छन् एमालेबाट झापा १ मा रविन कोइराला ,श्री प्रसाद मैनाली तथा घनश्याम अधिकारीको चर्चा छ ।गत स्थानिय निर्वाचनमा कृष्ण सिटौलाको विश्वासपात्र केशव पाण्डेलाइ मेचीनगरको मेयर पदमा नेपाली काग्रेस प्रदेश १ले नाम सिफारिस गरेको थियो तर विश्वप्रकाश शर्माले विँस्वासपात्र मानिने इन्द्र वुडाथोकीलाइ रातारात पार्टीका सभापति शेर बहादुर देउवाबाट मेयर को उम्मेदवारको टिकट दिलाउन सफल भएको र काग्रेस भित्र गुटको खेती निक्कै रामै्र सँग चलेको देखिएको छ । अव यो पालिको निर्वाचनमा विजय हुने योजनाको साथ विश्वप्रकाश निर्वाचनमा लागेर आफनो उमेद्यवारी सार्वजनिक गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित