प्रजापति वन समुहको साझा प्यानलले आफ्नो चुनावी प्रचार प्रसारलाई तीव्र

0
SHARES
9
VIEWS

प्रजापति सामुदायिक वन उपभोक्ता समुहको नेपाली कांग्रेस र माओवादी केन्द्रको साझा प्यानलले आफ्नो चुनावी प्रचार प्रसारलाई तीव्र बनाएको छ ।

आगामी पुस २३ गते हुन लागेको निर्वाचनलाई लक्षित गरि आज दुर्गापुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस अगाडिको समितिले प्रजापति सामुदायिक वन समुहका पदाधिकारीले वन समुहलाई जागिर खाने थलोका रुपमा विकास गरेको आरोप लगाएको छ । साझा प्यानलका अध्यक्षका उम्मेद्धार मोहनप्रसाद खतिवडाले वन समुहको आधा बजेट सामुदायिक वन समुहको पदाधिकारीको तलव र वैठक भक्तामा खर्च हुने गरेको भन्दै आफुले निर्वाचन जितेमा तलव भक्ता नलिने घोषणा गर्नुभयो । यसैगरि पत्रकार सम्मेलनमा सचिव पदका उम्मेद्धार डिल्ली रिजालले वन समुह हो कि लोकसेवाको जागिर हो भन्नेमा आफै छक्क परेको भन्दै वन समुहमा समाज सेवाका लागि आउने भन्दै जागिरे मानसिकता त्याग्न र वन समुहबाट तलव भक्ता नलिन आफुहरुको उम्मेद्धारी रहेको बताउँनुभयो ।
साझा प्यानलका उपाध्यक्ष पदका उम्मेद्धार खगमाया संग्रौला चापागाईँले वनको चौतर्फी विकास र पर्यापर्यटनको लागि समेत साझा उम्मेद्धारी रहेको बताउँनुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष र सचिवले पाउने तलव भक्ता बन्द गराउने, उपभोक्ताको समान काठ वितरण , युवा खेलकुद लगायातका क्षेत्रमा विकासका लागि आफुहरुको उम्मेद्धारी रहेको बताउँनुभयो । पत्रकार सम्मेलनमा प्रचार समितिका संयोजक मनोजकुमार पोखरेल, कांग्रेस पार्टीका वडासभापति मनोज बस्नेत, साझा प्यानलका सहसचिवका उम्मेद्धार कृष्णप्रसाद सिटौला, कोषाध्यक्षका उम्मेद्धार कल्पना पौडेल, सदस्य पदका उम्मेद्धार ओमप्रकाश प्रधान लगायातको सहभागिता रहेको थियो ।
यसैविच प्रजापति सामुदायिक वनमा रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको प्यानल , एमाले नेतृत्वको प्यानल सहित ६ वटा प्यानल निर्वाचनमा होमिए पछि रोचक निर्वाचन यस बर्ष हुने भएको छ oninebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार