नेपाल दूरसञ्चार कम्पनीले ४० प्रतिशत लाभांश वितरण गर्ने

0
SHARES
1
VIEWS

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले यस वर्ष कुल ४० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत वर्ष पनि कम्पनीले ४० प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष भने कम्पनीले २० प्रतिशत बोनस शेयर र कर समेत २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

लाभांश वितरणको इतिहासमै कम्पनीले पहिलो पटक बोनस शेयर वितरणको प्रस्ताव गरेको हो । यस अघिका वर्षहरुमा अधिकतम ५५ प्रतिशतसम्म लाभांश वितरण गरेको कम्पनीले नगद लाभांश मात्र वितरण गरेको थियो । गत आर्थिक वर्ष ०७७÷७८ सम्मको सञ्चित मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको उक्त लाभांश चैत २४ गते पारित गर्दैछ ।

कम्पनीले उक्त दिन हिान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा १४औं वार्षिक साधारण सभा गर्न लागेको हो । सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु समेत पारित गर्नेछ ।

हाल रू. १५ अर्ब चुक्तापूँजी रहेको कम्पनीको बोनस शेयर वितरणपश्चात चुक्तापूँजी रू. १८ अर्ब पुग्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १० गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार