मापसे गरेका पत्रकार छुटाउन गृहमन्त्रीको आदेश

0
SHARES
4
VIEWS

मादक पदार्थ सेवन गरी प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साललाई छुटाउनको लागि गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीलाई दबाब दिएको पाइएको छ ।

नेपाल प्रहरीको उच्च स्रोतका अनुसार मङ्गलवार बेलुका नयाँ बानेश्वर क्षेत्रमा मापसे गरेर गाडी चलाइरहेका लम्सालले चेकिङमा खटिएका प्रहरीलाई धकेल्दै आफ्नो गाडी लिएर घर पुगेका थिए ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडिओ घर पुगेपछि खिचेको पाइएको छ । लम्सालको पिछा गर्दै पुगेका प्रहरीले उनलाई घरबाटै लिएर नयाँ बानेश्वर वृत पुर्‍याएको स्रोतको दाबी छ । स्रोत भन्छ ‘मङ्गलवार ९हिजो० राती १० बजे उहाँलाई नयाँ बानेश्वर वृत्तमा ल्याइएको हो । माथिल्लो तहबाट फोन आएपछि उहाँ विरुद्ध कुनै मुद्दा दर्ता भएन । बुधवार बिहान ११स्०० बजे गृहमन्त्रीको फोन आएपछि उहाँलाई छाडिएको हो ।’

चौकीमा उनको थर परिवर्तन गरेर एक रात राखिएको बताइएको छ । यस विषयमा नयाँ बानेश्वर प्रहरी वृत्तका कुनै पनि प्रहरी अधिकारीहरू बोल्न चाहेनन् ।

हाम्रो सम्पर्कमा आएका लम्साल भने यो कुरा स्विकार्न तयार छैनन् । उनी भन्छन् “मेरो टोलमा रेस्टुरेन्ट मालिकहरूले ट्राफिक प्रहरीहरूसँग मिलेर बाटोको एक साइडमा मोटरसाइकलहरू पार्किङ गर्न दिने बनाएका छन् । जसले गर्दा गाडीहरू पास हुन समस्या हुन्छ ।”

उनले थपे, “तपाईँले गाडी लिएर घरभित्र हालिहाल्नु भयो, सुन्नुहोस् त तपाईँले मापसे गर्नुभयो होला भन्दै ट्राफिक घरभित्र छिरे । मैले घरभित्र हो मापसे चेक गर्ने भनेर सोधे । पत्रकारको भिडिओ खिच्नुपर्छ भनेर रेस्टुरेन्टवालाले मोबाइल निकाल्यो । रेस्टुरेन्टवालाले किनेर ल्याएको ट्राफिकले त्यही स्टाइलले बोलेको हो ।”

भिडिओमा के छ रु

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालको निजी निवासभित्र प्रहरी र अन्य व्यक्तिहरूबिच विवाद भएको भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भर्खरै सम्पन्न भएको नेपाल प्रेस युनियनको १४ ‍औँ महाधिवेशनबाट अध्यक्षमा लम्साल निर्वाचित भएका हुन् । पत्रकारहरूको यो संस्था नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो ।

३६ सेकेन्ड लामो भिडिओ क्लिपमा सुरुमा लम्साल फोनमा बोलेको देखिन्छ । भिडिओमा उनको आवाज भने सुन्न सकिँदैन । त्यसपछि भिडिओमा अनुहार नदेखिएका व्यक्तिको आवाज सुनिन्छ । उनले भन्छन् “यो मापसे गरेर पत्रकार भनेर पुलिसलाई धम्काएर घरभित्र पसेर हुन्छ, ट्राफिक प्रहरी पनि यही हुनुहुन्छ ।”

भिडिओमा देखिएका ट्राफिक भन्छन् “भागेर घरभित्र आएको हो ।” त्यसपछि हात हालाहालको अवस्था भएको भिडिओमा सुन्न सकिन्छ साभार केटिएमदैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित