सम्वोधन गर्न ओली १ बजे बनियानी आइपुग्ने

0
SHARES
6
VIEWS

साउनको दोस्रो साता चारदिन झापा बसेर फर्केका अध्यक्ष ओली आज विहीवार देखि फेरि तीनदिनका लागि झापा आउदै छन् ।

ओली बिहिबार आज १ बजे दक्षिण झापाको बनियानीमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ । एमाले प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य बसन्त बाँनियाका अनुसार अध्यक्ष ओलीले झापा क्षेत्र नं ३ को बनियानीमा आयोजना हुने कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ । त्यस्तै ओली बेलुका आफ्नो निर्वाचन क्षेत्र दमकमा आएर बस्नेछन् ।

३ गते विहान चुलाचुलीको पार्टी प्रवेशमा सहभागी भएर अध्यक्ष ओलीले क्षेत्र नं ५ का विभिन्न समुदायहरुलाई अलग–अलग भेटघाटको कार्यक्रम तय गरिएको छ । त्यस्तै गत साउनको ११ देखि १४ गतेको झापा भ्रमणमा भेटघाटको समय नमिलेका विभिन्न संघ संस्था र समुदायलाई अलग लअग भेटघाटको कार्यक्रम राखिएको छ ।

३ गते नै गौरादहमा पनि विभिन्न क्षेत्र र वर्गका व्यक्ति र समुहसँग अध्यक्ष ओलीले अन्तरक्रिया गर्नुहुनेछ । उक्त दिन पनि दमकमै बास बस्ने कार्यक्रम रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

भदौ ४ गते विर्तामोड इन्जिनियरिङ एशोसिएसनको कार्यक्रमलाई सम्बोधन गरेपछि दोस्रो कार्यक्रम अखिल नेपाल महिला संघ झापाको जिल्ला अधिवेशनको उद्घाटन गर्ने र उधोगी व्यवसायीको जिल्ला भेलामा सम्बोधन गरेर काठमाडौ फर्कने कार्यक्रम तय भएको नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित