कस्तो वामपन्थी ? अर्थ फरक–फरक

0
SHARES
8
VIEWS

राजनीतिक दार्शनिक पदावधि गतिशील हुन्छन्, तिनले कस्तो अर्थ बोक्छन् भन्ने पनि त्यतिवेलाकै सन्दर्भमा हेर्नुपर्छ । सामाजिक राजनीतिक परिवर्तन हुँदा नयाँ पदावली जन्मिन्छन् । र, कैयौँ भएकै पदावलीले बोक्ने अर्थ फेरिन्छन् । नेपालमा वामपन्थी कसलाई भन्ने रु पहिले वामपन्थ भन्नाले के बुझिन्छ भन्ने हेर्नुपर्छ । यथास्थिति, अन्धविश्वास, पितृसत्तात्मक सोच, सामन्ती सोच, असमानताको विरोध गर्ने प्रवृत्ति वामपन्थ हो । त्यो गुण, चरित्र गुमाउँदै गयो भने वामपन्थीको अर्थ रहँदैन ।

राजनीतिक, दार्शनिक, वैचारिक, पदावली जीवित प्राणीजस्तै परिवर्तन भइराख्छन् । यिनले बोक्ने अर्थ फरक–फरक भइराख्छन् । अहिले वामपन्थी कसलाई भन्ने रु यथास्थितिको विरोधमा को छ रु न्यायको पक्षमा को छ रु अन्धविश्वासको विरोधमा को छ रु अहिले त कम्युनिस्ट पार्टी नै धर्मको महिमा गाइरहेको भेटिन्छ । अन्धविश्वासलाई उसैले प्रोत्साहित गरिरहेको हुन्छ । धार्मिक अनुष्ठानहरूमा सहभागी हुन्छ । यस्तो प्रवृत्ति हामीले पहिले बुझेको वामपन्थी वा कम्युनिस्ट होइन । यो त कम्युनिस्ट हुनका लागि चाहिने चरित्र नै होइन ।

बम
अहिलेको अवस्थामा वामपन्थी हुनका लागि समाजवादी सोच आवश्यक छ । दलाल पुँजीवादलाई फ्याँकेर राष्ट्रिय पुँजीवाद आउँदैन । समाजवादका लागि संघर्ष गर्ने हो भने पुँजीवादको विकल्प सोच्नैपर्छ, दलाल पुँजीवाद भन्नुस् वा आर्थिक पुँजीवाद नै भन्नुस् । पुँजीवादले आफ्नो रूप फेरिरहे पनि यसको मूल चरित्र भने फेरिँदैन । असमानता, अस्थिरता, अशान्ति, युद्ध, हिंसा, अनिश्चयता पुँजीवादका चारित्रिक गुण हुन् । पुँजीवादलाई नाश गरेर फेरि पुँजीवाद नै ल्याउने कुरा हुँदैन । त्यसकारण समाजवादी क्रान्तिलाई अगाडि बढाउन समाजवादी सोच र एजेन्डालाई अगाडि बढाउनुपर्छ । यसले मात्र पुँजीवादलाई समाप्त गर्न सक्छ ।

पाखण्डमा नअल्झौँ स् पहिला पुँजीवादको विकास गरौँ अनि समाजवाद आउँछ भन्नु पाखण्ड मात्र हो । समाजवादमा पनि पुँजीको विकास र विस्तार हुन्छ । फेरि समाजवादी आन्दोलन सुरु गर्नासाथ समाजवाद आइहाल्ने पनि होइन । तर, समाजवादका निम्ति हामीले संघर्ष चलायौँ भने पुँजीवादको विकासमा पनि तीव्रता आउँछ । पुँजीवादभित्रको दलाल र प्रतिक्रियावादी पक्ष कमजोर हुन्छ । तर, पुँजीवादकै विकास गर्ने भनियो भने जहिल्यै हामी दलाल पुँजीवादको जाँतोमुनि पिल्सिरहनुपर्छ । त्यसकारण पुँजीवादलाई ध्वस्त पार्ने खालको कार्यक्रम अगाडि बढाउन सकियो भने त्यसले पुँजीवादलाई पनि गतिशील हुन मद्दत गर्छ । पुँजीवादले पछिल्लो समय लिँदै गएको प्रतिक्रियावादीको स्वरूप पनि कम हुन जान्छ ।

अहिले जसको जोसँग पनि गठबन्धन हुन थालेको छ । नेताविशेषको स्वार्थ नमिले गाली गरिहाल्ने र उनीहरूको स्वार्थ मिले फेरि टाँसिइहाल्ने प्रवृत्ति कम्युनिस्टमा हाबी छ ।

कम्युनिस्ट आफ्नो सिद्धान्त, विचार र व्यवहारमा च्यूत भए । कांग्रेस पनि आफ्नो आदर्शबाट च्यूत भएकै छ । कम्युनिस्टहरू सिद्धान्तबाट च्यूत भएपछि नचिनिने भएका छन् । जसको जोसँग पनि गठबन्धन हुन थालेको छ । स्वार्थ नमिले गाली गरिहाल्ने र नेता विशेषको स्वार्थ मिले फेरि टाँसिइहाल्ने प्रवृत्ति हाबी छ । कम्युनिस्ट आफ्नो उद्देश्यका निम्ति अगाडि बढे भने उनीहरूले त्यस्तै सहयोगी खोज्नुपर्ने हुन्छ । जो पायो त्यही सहयोगी खोजेर समाजवादी आन्दोलन अगाडि बढ्न सक्दैन ।

समाजवाद के हो रु स् समाजवाद एउटा सोच, चिन्तन हो । ‘म’ को सट्टा ‘हामी’ भन्ने धारणाको विकास नै समाजवाद हो । शिक्षामा म प्रथम हुन्छु भन्ने सोचको सट्टा हामी सफल हुन्छौँ भन्ने हो । हामी सफल हुन्छौँ भन्ने सोच आएपछि पढाउने तरिका फेरिन्छ । मूल्यांकनको तरिका पनि फेरिन्छ । समाजवादलाई सरल भाषामा बुझ्नुपर्दा प्रतिस्पर्धाको सट्टा सहयोग, सर्वप्रथमको साटो सफल र म त्यहाँ पुग्नेछु को सट्टा हामी सबै त्यहाँ पुग्नेछौँ भन्नु हो ।

समाजवादका लागि शिक्षामा पाठ्यक्रम फेर्न सकिन्छ । पढाउने तरिका फेर्न सकिन्छ । शिक्षकलाई तालिम दिन सकिन्छ । त्यसका लागि बाहिरबाट केही ल्याइरहनुपर्दैन । जो जहाँ छ, उसले त्यहीँ तालिम दिन सक्छ । तालिम दिनुपर्छ भनेपछि उसले तयारी गर्छ । अहिले राजनीतिक दलको कार्यक्रममा व्यस्त हुने, सहकारी चलाइरहेका शिक्षकले पनि त्यसपछि किताब पल्टाउन थाल्छन् । किनकि, तालिम दिन जाँदा सहकारीको कुरा गरेर हुँदैन, चुनावको चर्चा गरेर पनि चल्दैन । विषयवस्तुमै केन्द्रित हुन कर लाग्छ ।

पाठ्यक्रममा पित्तृसत्तात्मक विषय धेरै छन् । विषयवस्तुमा ‘म’ भरिएको छ, ‘हामी’ छैन । अनि कतै न कतै जात–वर्ण व्यवस्थालाई सही ठहर्‍याउने धारणा पनि देखिन्छन् । समाजवादी अभियानको सुरुवातमै त्यस्तो पाठ्यक्रम फेर्न सकिन्छ । पाठ्यक्रममा मिहिनेत, श्रम र सीपलाई बढी महत्व दिनुपर्छ । र, विश्वासको सट्टा विज्ञान र विवेकलाई अगाडि ल्याउनुपर्छ । जस्तो, आस्था भन्ने कुरा नै गलत हो । कुनै पनि कुरामा आस्था राख्नु हुँदैन, आस्थावान् बन्नु हुँदैन । कुनै पनि कुरालाई प्रमाणित गरेर मात्र विश्वास गर्नुपर्छ । मार्क्सवादले शोषित मान्छेलाई वाणी दिएको छ, सरंक्षण गर्न प्रेरित गरेको छ । त्यो प्रमाणित गरेको आधारमा म मार्क्सवादलाई विश्वास गर्छु ।

साथसाथै, हाम्रो आवश्यकता के हो रु त्यसअनुसार पाठ्यपुस्तक तयार गर्नुपर्छ । हिमालमा बस्ने बालबालिकाले सानैदेखि चौँरीको स्याहार कसरी गर्ने रु चौँरीको रौँको प्रयोग कसरी गर्ने रु चौँरीका दूधबाट कस्ता परिकार बन्छन् रु ती परिकार कसरी बन्छन् रु जस्ता कुरा सिक्ने पाठ्यक्रम हुनुपर्छ । हिमनदी के हुन् रु हिमालमा पाइने जनावर कुन–कुन हुन् रु त्यसबारे त्यहाँका विद्यार्थीलाई पढाउनुपर्छ । हिमालमा जिराफ या उँटबारे पढाउनुको अर्थ रहँदैन । महिलाको प्रजनन, महिनावारीलाई रहस्यको पर्दाले छोप्ने पाठ्यपुस्तक परिवर्तन गर्नुपर्छ । स्वार्थी, लम्पट, ठग उत्पादन गर्ने शिक्षा काम छैन ।

समाजवादमा शिक्षा र स्वास्थ्य व्यापारको विषय बन्दैनन्, सेवाका विषय बन्छन् । व्यापारीले पर्यटनको व्यापार गरून्, माछाको व्यापार गरून्, कपडाको व्यापार गरून्, तर शिक्षा र स्वास्थ्यको व्यापार गर्ने छुट दिनु हुँदैन । शिक्षा र स्वास्थ्यलाई जनताको सबलीकरणको साधन बनाउन आवश्यक छ । जनता शिक्षित र स्वस्थ भए मात्र शक्तिशाली हुन सक्छ । शिक्षित र स्वच्छ नागरिकले नै समाजमा कायापलट गर्न सक्छ । त्यसका लागि पढेर मात्रै हुँदैन, व्यावहारिक ज्ञान हासिल गर्नुपर्छ । पढेको छ एमएसी, तर घरमा धामी ल्याएर नचाउने शिक्षा आवश्यक छैन । फेरि हाम्रो परम्परागत जानकारी, जडीबुटी, पुरानो चिकित्सा प्रणाली सबैलाई पूरै खारेज गर्ने तहको नास्तिकको पनि काम छैन । तितेपाती, वनमारा, हर्रो, बर्रो, अमला आदिको उपयोग गर्न नजान्ने मेडिकल शिक्षाको काम छैन । परम्परागत इतिहास, संस्कृति, भक्तपुरका झ्याल, चित्रकारिता आदि पनि अध्ययनको विषय बनाइनुपर्छ ।

सन्तुलित विकासको खाँचो स् असन्तुलित विकासका कारण आवासको समस्या देखिएको छ । दैलेखको विकास गर्न काठमाडौंमा कार्यालय खोल्नुपर्ने, किमाथांकामा विकास गर्ने कार्यालय पनि काठमाडौंमै खोल्नुपर्ने सोच छ हामीमा । सबै बजेट काठमाडौंमै केन्द्रित छ । शासकहरू हिजोदेखि नै काठमाडौं बसे । त्यसले बसाइँ सराइको दर ह्वात्तै बढायो । अब, हामीले महाभारत क्षेत्रमा सहरहरू बनाएर त्यहाँ बस्ने मानिसलाई प्रोत्साहित गर्नुपर्छ । त्यहाँ विद्यालय, अस्पताल, इन्टरनेटलगायत सुविधा उपलब्ध गराउनुपर्छ । साखगरी तराई र काठमाडौंका जनतालाई महाभारत क्षेत्रमा बसोवास गर्न प्रोत्साहित गर्नुपर्छ । जस्तो– कालिन्चोक, पकरवास, प्रिती, अथवा अन्य कुनै ठाउँमा एउटा सहर बनायौँ भने काठमाडौं वा तराईबाट आउनेलाई सहुलियत दिएर प्रोत्साहन गर्न सकिन्छ । त्यसले सामाजिक रूपमा घुलमिल गराउने काम पनि गर्छ । अहिले त, खतरनाक बसाइँ सराइको प्रवृत्तिका कारण धेरै समस्या आइरहेको छ । पहाड रित्तो हुने, काठमाडौंले थाम्न नसक्ने अवस्था छ । तराईका केही ठाउँमा ठूलो जनसंख्या केन्द्रित छ । अनि, हावापानीका हिसाबले बसोवासका लागि सबैभन्दा लायक पहाड रित्तो छ । अहिले मर्यादाको आधार नै काठमाडौंमा घर–घडेरी बन्न पुगेको छ । यस्तो सोचमा परिवर्तन ल्याउन सचेतना अभियान नै चलाउनुपर्छ ।

समाजवादको विकसित रूपमा आवासको व्यवस्था राज्यले नै गर्छ । त्यो क्रमिक रूपमा हुन्छ । त्यसका लागि हामीसँग अहिलेदेखि नै भिजन हुनुपर्छ । जोसँग दृष्टिकोण या सपना हुन्छ, त्यो नै लिडर हो । राजनीतिज्ञसँग त चुनाव मात्रै हुन्छ । ऊ चुनावदेखि चुनावसम्म मात्रै केन्द्रित हुन्छ । अहिले नयाँ पुस्ताका निम्ति राजनीतिज्ञसँग केही पनि सोच छैन । ऊसँग मतदाताका लागि मात्र भन्ने केही कुरा छन् । जो मतदाता छैन, ती बालबालिकाका निम्ति राजनीतिज्ञको कुनै योजना नै छैन । तर, समाजवादमा मानवताकै निरन्तरता कसरी जान्छ, सुखी समाज कसरी बन्छ, राम्रो आवास र सार्वजनिक पाकशालाको व्यवस्था कसरी हुन्छ भन्ने दीर्घकालीन सोच हुन्छ । बालबालिकालाई स्याहार गर्ने स्याहार केन्द्रहरू हुन्छन् । यी काम गर्न पक्कै सहज छैन । समाजवादी कार्यक्रम अगाडि सार्नेबित्तिकै भीषण लडाइँ सुरु भइहाल्छ । शिक्षामा पाठ्यक्रम फेर्न खोज्दा लडाइँ परिहाल्छ । तैपनि हामीले समाजवादी अभियान छाड्नु हुँदैन । शिक्षकलाई तालिम दिने, उत्प्रेरित गर्ने र शिक्षालाई सीप र श्रमसँग जोड्नेबित्तिकै सुधारको थालनी भइहाल्छ ।

कालान्तरमा हामीले के पनि गर्नुपर्छ भने राजनीति वा शिक्षणमध्ये एक रोज्ने बनाउनुपर्छ । राजनीतिक विचार त सबैले लिन सक्ने भए । तर, पार्टीको कार्यकर्ताबाट विद्यार्थी कसरी शिक्षित होला रु अखिलको शिक्षक आउँदै छ, नेविसंघको शिक्षक आउँदै छ भनेपछि विद्यार्थी र शिक्षकको सम्बन्ध कस्तो होला रु र, अर्कातर्फ, समुदायसँग हुनुपर्ने पिउने पानी, वनजंगल, अस्पताल, कुलो पनि पार्टीको कब्जामा छ । हरेक ठाउँमा खानेपानी समिति भनेको छ, त्यसको अध्यक्ष पार्टीको मान्छे हुन्छ । विद्यालय सञ्चालक समिति भनेको छ, त्यसको अध्यक्ष पार्टीको कार्यकर्ता हुन्छ । मतदाता त सबै हुने नै भए, तर पार्टीको पदै लिएको कार्यकर्ता त्यो ठाउँमा हुनुहुँदैन ।

फेरिन सक्छ समाज स् अहिलेको जस्तो यति निर्दयी, यति नकारात्मक समाज सधैँ रहन सक्दैन । मान्छे–मान्छेबीचको सम्बन्ध ऋणात्मक भएको छ । कहीँ प्रेम छैन । डाक्टरलाई देखेर न्यायाधीश खुसी हुँदैन । न्यायाधीशलाई देखेर इन्जिनियर खुसी हुँदैन, इन्जिनियरलाई देखेर राजनीतिज्ञ खुसी हुँदैन । समाजमा नकारात्मक सोच र प्रतिस्पर्धा बढेको छ । राजनीतिक परिवर्तनका लागि हाम्रो पुस्ताले ठूलो योगदान गर्‍यो । हाम्रो पुस्ताका संवेदनशील मान्छेले ठूलो समय प्रवास या जेलमा बिताउनुपर्‍यो । त्यो बलिदान र त्यागअनुसार अहिले प्रतिफल प्राप्त नभएकाले समाज थाकेकोजस्तो देखिन्छ । तर, समाज फेरि पुनर्ताजगीसाथ अगाडि बढ्ने अवस्था आउँछ । फेरि किताब, लेख, रचना खोजिनेछन् । अघिल्लो पुस्ताका चिन्तक, राजनीतिक विचारकबारे पढ्नेछन् । त्यसकारण सचेत वर्गको यो लडाइँ जारी राख्नुपर्छ । समाज ठोक्किएर फेरि त्यहीँ आइपुग्छ ।

समाज परिवर्तनको हतियार राजनीतिक विचारधारा हो । अहिले जो–जो स्वतन्त्र युवाले चुनाव जितेका छन्, तिनले केही समयपछि कि यही व्यवस्था, यही प्रणाली वा चलनसँग आत्मसमर्पण गर्छन् कि आफ्नो उद्देश्यमा इमानदार भएर अगाडि बढे भने चे–ग्वेभारा, लेनिन या माक्र्स बन्नुपर्छ । किनकि, पुँजीवादको सिन्डिकेटसँग लड्न चे–ग्वेभारा, लेनिन र माक्र्सहरू नै चाहिन्छन् नयाँपत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित