बदेंललाइ थापेको पासोमा चितुवा फसेपछि वन डिभिजनलाइ तनाव

0
SHARES
9
VIEWS

बैतडीमा बँदेलका लागि किसानहरुले थापेको पासोमा चितुवा फसेको छ। जिल्लाको दशरथचन्द नगरपालिका ४ बिनासौंमा जंगली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो।

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार बुधबार बिहान चितुवा पासोमा फसेको देखिएको हो। जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि किसानहरुले थापेको पासोमा चितुवा फसेको छ उनले भने,“ चितुवाको ढाडमा पासो परेको छ । पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली मगाएर उद्दार गर्ने तयारी गरिदैछ ।

। उद्दारको टोली आउँदासम्म चितुवालाई बचाउनका लागि फसेको ठाउँमा भीडभाड नगर्न भनिएको छ। चितुवाले पासोबाट फुत्किनका लागि प्रयास गर्ने र मानिसहरुको भीड भएमा झन् आक्रामक हुने भएकाले भीडभाड नगर्न आग्रह गरिएको हो।

उद्धार टोलीले चितुवालाई बेहोस बनाएर उद्धार गर्ने डिभिजन वन कार्यालयले जनाएको छथाहाखवरबाट ,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित