बावुराम भट्टराई सगैं सती जान सकिदैन …कुमार क्षेत्री

0
SHARES
37
VIEWS

झापाका युवा नेता कुमार क्षेत्रीले पुर्व प्रधानमन्त्री वावुराम भटटराई सगैं सति जान नसकिने बताएका छन ।

२०७२ सालमा तत्कालिन माओबादी विद्रोह गरेर डाक्टर वावुराम भटटराईको टिम सगै नयाँ शक्ति पार्टीमा लागेको झापाका युवा नेता कुमार क्षेत्रीले अव हिडेको बाटो गलत भएको र सगैं हिडन नसकिने भन्दै आफु अलग्गै भएको घोषणा गरेका छन ।

उनले आफुले चलाएको फेसबु पेजबाट मार्फत आफ्नो शन्देश र अवको भुमिका बारेमा स्पस्ट पारेका हुन ।उनी लेख्छन ,२०७२ साल असोज ३ गते संविधान निर्माणको क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा छाडेर संसदीय व्यवस्थालाई अंगिकार गरेपछि माओवादी पार्टीमा बस्नुको अर्थ नरहेको निष्कर्ष सहित प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको लागि वैकल्पिक राजनीतिक शक्तिको रुपमा २०७३ साल जेष्ठ ३० गते डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा दशरथ रंगशालाभित्र विशाल जनसहभागितामा नयाँ शक्ति पार्टीको स्थापना गरियो । २०७९ साल श्रावणको अन्तिममा आइपुग्दा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने अभियानलाई विघटन गर्दै डाक्टर भट्टराईले रातो स्टिकर टाँसिएको भनिएको पुरानो थोत्रो घरमा फर्कने निर्णय गरेपछि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको अभियानले पनि विधिवत् रुपमा विश्राम पाएको छ । जुन एजेन्डाले मलाई राजनीतिमा संलग्न गरायो , आज त्यही एजेन्डा ध्वस्त भएको छ । एजेन्डामा सहमत हुनेहरू अन्तरक्रियामा रहन आग्रह गर्दछु । र , अब नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने परिस्थिति पैदा भयो । किमार्थ सती जान सकिन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित