शनिअर्जुन उद्योग वाणिज्य संघको अध्यक्षमा खड्का निर्विरोध

0
SHARES
7
VIEWS

अर्जुनधारा नगरपालिकामा रहेको शनिअर्जुन उद्योग वाणिज्य संघको अध्यक्षमा इन्दिवरसिंह खड्का निर्विरोध चयन भएका छन् ।
आज शनिश्चरे बजारको सामुदायिक भवनको सभाहलमा सम्पन्न संघको तेस्रो वार्षिक साधारणसभाबाट यसअघि उपाध्यक्ष रहेका खड्का नेतृृत्वको टिम निर्विरोध चयन भएको हो ।
आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा खड्कासहित १३ सदस्यीय समिति चयन भएको छ ।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा देवराज बुढाथोकी, उद्योग उपाध्यक्षमा कृष्णबहादुर लोहार, वाणिज्य उपाध्यक्षमा यामप्रसाद ढुंगेल, जनसम्पर्क उपाध्यक्षमा दिपीन राई, उद्योग सचिवमा गोपालप्रसाद घिमिरे, वाणिज्य उपाध्यक्षमा विन्दा पाण्डे र कोषाध्यक्षमा प्रल्हाद ढुंगाना चयन भएका छन् ।
संघकाे महासचिवमा राम घिमिरे निर्विराेध चयन भए । यस्तै नवगठित समितिका सदस्यहरुमा किरण वन, खगेन्द्र पाण्डे, यामप्रसाद घिमिरे, मनोजकुमार गुप्ता, विन्दु थापा र ज्ञानकुमारी थापा चयन भएका छन् ।
निवर्तमान अध्यक्षसहित रहने २१ सदस्यीय कार्यसमितिमध्ये ७ जना बैठकबाट मनोनित हुने निवर्तमान सचिव चर्तुभूज काफ्लेले जानकारी दिए । संघका अध्यक्ष वसन्तकुमार सोमानीको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् । सभामा संघका सचिव चर्तुभूज काफ्लेले संस्थाको वार्षिक प्रगति प्रतिवेन प्रस्तुत गरेका थिए ।
सोही सभामा संघलाई दुई कठ्ठा जमिन उपलब्ध गराउने जग्गादाताद्वय अध्यक्ष सोमानी र उपाध्यक्ष खड्काले जमिनको लालपूजा हस्तान्तरण गरेका थिए । त्यसैगरी सभामा नेपाल जेसीजका नवनिर्वाचित राष्ट्रिय उपाध्यक्ष भीमबहादुर कुँवरलाई स्वागत सम्मान गरिएको थियो । सभामा प्रदेश वाणिज्यका सदस्य प्रशान्त भण्डारी, नेपाली कांग्रेस नगर सभापति हेमराज खरेल, एकीकृत समाजवादी नगरका अध्यक्ष अर्जुन मेचे, अर्जुनधारा ७ वडा समितिका अध्यक्ष गोविन्दप्रसाद खतिवडालगायतले शुभकामना मन्तव्य राखेका थिए ।newssanjalbata संघका उपाध्यक्ष खड्काले स्वागत गरेको उक्त सभाको सञ्चालन सचिव काफ्लेले गरेका थिए । साधारणसभाले विधान संशोधन गर्दै संस्थाको नाम अर्जुनधारा उद्योग वाणिज्य संघ राख्ने प्रस्ताव पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार