कनकाई माईमा सक्रान्ति मेला सुरु

0
SHARES
4
VIEWS

माघे संग्रान्तीको अवसरमा परम्परागत रुपमा बर्सेनी कनकाई माईमा लाग्दै आएको मेला आजबाट सुरु भएको छ ।कनकाई माईको दुवै किनारामा लाग्दै आएको मेला पूर्वीतटमा आज दिउँसो १ बजेदेखि सुरु भएको मेला आयोजक समितिका अध्यक्ष श्याम राईले बताएका छन् ।

प्रत्येक वर्ष माघे सक्रान्तिको अवसरमा शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिकाको बीच भएर बग्ने माईखोलाको दुवैतर्फ भब्य रूपमा लाग्ने गरेको छ । यद्यपी कोरोना भाइरस महामारीका कारण विगत दुई वर्षदेखि मेला लगाइएको थिएन ।

कोरोना महामारीभन्दा अघि सहज अवस्थामा वर्षेनी माईमेलामा तीन लाखभन्दा बढी भक्तजन तथा दर्शकहरु आउने गरेका थिए । मकर सक्रान्तिको दिन माईमा आएर नुहाई पूजा, आरधना गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । कनकाई नदीलाई भगवती माईका रुपमा मान्ने गरिएको छ । भगवती माईमा स्नान गरेपछि मनोकांक्षा पूरा हुने स्थानीय बताउँछन् ।

नेपाल लगायत छिमेकी मुलुक भारतबाट समेत मकर स्नानका लागि आउनेहरुको संख्या उल्लेख्य हुने गरेको छ । झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ्ग तथा भारतको सिलगडी, सिक्किम, दार्जिलिङ्ग, असाम, मणिपुर र भुटानबाट समेत मेलामा भक्तजन आउने गरेको इतिहास पाइन्छ ।

कनकाई माई इलामका प्रमुख चार नदी जोगमाई, माई, पुवामाई र देउमाई नदी मिसिएर बनेको छ । यो नदी महाभारत पर्वत श्रृङ्खलाबाट उत्पत्ति भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट बगेकोछ ।

पूर्वको पवित्र धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा चर्चित कनकाई माईमा यसपटक आज पुस २९ गतेदेखि माघ २ गतेसम्म मेलाको आयोजना गरिएको जनाएको छ ।

यो वर्षपनि माई मेलामा रोटेपिङ, विभिन्न खेल तमासा, ब्रेकडान्स, बटर फ्लाई, कोलम्बस, विभिन्न जातजातिका झाँकी, कला साहित्यका विविधि कार्यक्रम आयोजना हुने कनकाई माई मेला मूल आयोजक समितिका शंकर भट्टराईले बताएका छन् ।

मेला भर्न आउने भक्तजनको सुविधालाई ध्यानमा राखेर सुरक्षा लगायातका सबै व्यावस्थापन मिलाइएको कनकाई नगरपालिका ४ का वडाअध्यक्ष रोशन सुवेदीले बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार