झापाबाट २७ खेलका महिला र पुरुष गरी ४४९ छानिए

0
SHARES
7
VIEWS

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोट खेल्न झापाबाट ४४९ जना खेलाडी छानिएका छन् ।

आज सम्पन्न जिल्लास्तरीय छनोट प्रतियोगिताबाट २७ खेलका महिला र पुरुष गरी ४४९ छानिएका हुन् ।

झापाबाट छनोट भएका खेलाडीले यही भदौ २४ देखि असोज ८ गतेसम्म सञ्चालन हुने १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग लिनेछन् ।छनोटमा परेका खेलाडीलाई आवश्यकता अनुसार अभ्यास गराइने झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले जानकारी दिए ।

समितिका कार्यालय प्रमुख विष्णु नेम्वाङका अनुसार प्रदेश छनोट प्रतियोगिताका लागि २६१ जना पुरुष र १८८ जना महिला खेलाडी छानिएका छन् ।

छनोट भएकामध्ये फुटबलमा १६ पुरुष, १६ महिला, भलिबलमा ९ पुरुष, ९ महिला, क्रिकेटमा १४ पुरुष, १४ महिला छानिएका छन् ।

त्यस्तै, कबड्डीमा ९ पुरुष, ९ महिला, खो–खोमा १२ पुरुष, १२ महिला, एथ्लेटिक्समा १८ पुरुष, १४ महिला छानिएको नेम्वाङले जानकारी दिए ।

हक्कीमा १८ पुरुष १८ महिला, बास्केटबलमा १२ पुरुष, १२ महिला, बक्सिङमा ११ पुरुष, ५ महिला, कराते ९काता, कुमुते० मा १६ पुरुष, १३ महिला छनोट भएका छन् ।

तेक्वान्दोमा १४ पुरुष, १४ महिला, आइटिएफ तेक्वान्दोमा १४ पुरुष, ११ महिला, जुडोमा ११ पुरुष ७ महिला, जिम्न्यास्टिकमा ६ पुरुष छानिएका छन् ।

उसुमा १० पुरुष, ८ महिला, भारत्तोलनमा ५ पुरुष, ४ महिला, ब्याडमिन्टनमा ५ पुरुष २ महिला, पौडीमा ३ पुरुष २ महिला, सेपाक्ताक्रोमा ५ पुरुष, ५ महिला छनोट भएका छन् ।

टेबलटेनिसमा ५ पुरुष, १ महिला, आर्चरीमा ५ पुरुष, ५ महिला, बुद्धिचालमा २ पुरुष, २ महिला, शारीरिक सुगठनमा ७ पुरुष खेलाडी छनोट भएका छन् ।

रग्बीमा १० परुष, कुस्तीमा १० पुरुष, ५ महिला, साइक्लिङमा ८ पुरुष र सुटिङमा ४ पुरुष र २ महिला छानिएको समितिले जनाएको छ ।

५९ औँ राष्ट्रिय खेलकुद परिषद दिवसको समेत अवसर पारेर आयोजना गरिएको समापनको अवसरमा झापा जिल्ला खेलकुद विकास समितिबाट प्रशिक्षकको रुपमा सेवानिवृत्त भएका दुईजना प्रशिक्षकलाई सम्मान गरिएको थियो ।

हक्कीका प्रशिक्षक ज्ञानेन्द्र खड्का र तेक्वान्दोका प्रशिक्षक प्रदिप श्रेष्ठलाई सम्मान गरिएको हो । यसअघि खेलकुद परिसर सरसफाइ गर्नुका साथै मेची रंगशालाका वरिपरि बृक्षारोपण गरिएको थियो ।

कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको समापन कार्यक्रममा समितिका कार्यालय सचिव विष्णु नेम्वाङले स्वागत गरेका थिएjhapabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित