झापाकि इन्दिरा राना उपसभामुख बन्दै

0
SHARES
102
VIEWS

काठमाडौं, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले रानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उपसभामुखका लागि शनिबार निर्वाचन हुँदैछ ।

रानाको प्रस्तावकमा सोबिता गौतम नै रहेकी छिन् । रानालाई बीबीसीले सन् २०१७ मा एक सय प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा समेत राखेकाले संसद प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास पार्टीको रहेको रास्वपाका नेताले बताएका छन् । उनी बन्दी सहायता नेपालकी संस्थापक अध्यक्षसमेत हुन् ।dainiknepal

यसअघि रास्वपाबाट सोविता गौतमले उपसभामुखको उम्मेदवार बनाउने चर्चा चलेको थियो । सत्ता गठबन्धनमा रहेको रास्वपाबाट राना उपसभामुख बन्ने निश्चित जस्तै छ । राना झापाबाट समानुपातिकतर्फबाट प्रतिनिधि सभा सांसद बनेकी हुन् ।

सत्ता गठबन्धनकै तर्फबाट नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार