भयंकर षड्यन्त्रको पोल खोल्दै चोलेन्द्र शमशेर

0
SHARES
24
VIEWS

केपी ओली नेतृत्वको एमाले सरकार ढाल्न देशी विदेशी शक्ति लागे । एमाले नेताहरू यही भन्छन् । धेरै मानिसहरू पनि यही ठान्छन् । केही आफ्नै त्रुटि भयो होला । केपी ओलीबाट पनि पार्टीलाई फुटबाट जोगाउन नसक्नुमा पक्कै केही गल्ती भयो होला । पक्कै उहाँको पनि कमजोरी त छ नै छ ।

तर मूल कुरा ओली नेतृत्वको सरकार राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएको कारण एमाले सरकार ढाल्न विदेशी शक्तिले तत्कालीन नेकपाका नेताहरूलाई नै उपयोग गरे । यो चाहिँ सत्य हो । मूलतः यस काममा पुष्पकमल दाहाल र माधव नेपाल प्रयोग हुनुभयो ।

केपी ओलीलाई हटाउनु र एमाले सरकार ढाल्नुको मुख्य कारण थियो नेपालको चुच्चे नक्सा । भारतले मिचेको नेपाली भूमि सहित समेटेर नेपालको चुच्चे नक्सा सार्वजनिक भएसँगै केपी ओली नेतृत्वको एमाले सरकार माथि महाविपत्ति आएको थियो । एमाले सरकार ढालिएको थियो । सहमतिको नजिक पुगेको नेकपा विवाद एकाएक बढेको थियो ।

केपी ओली सरकार ढाल्न सबै क्षेत्रलाई प्रयोग गरियो । पार्टी प्रयोग गरियो, सांसद् प्रयोग गरियो, वकिल प्रयोग गरियो, न्यायाधीश प्रयोग गरियो । त्यति मात्र होइन, प्रधानन्यायाधीश पनि प्रयोग गरियो, सिङ्गो सर्वोच्च अदालत नै प्रयोग गरियो । देशी विदेशी सबै शक्ति प्रयोग गरियो । कम्युनिष्ट पार्टी फुटाइयो, एमाले चोइटाइयो । बहुमतको कम्युनिष्ट सरकार ढालियो । विचार, सिद्धान्त केही नमिल्ने दुई ध्रुवका दल बिच गठबन्धन गरियो वा गराइयो ।

नेता किनियो, सांसद् किनियो, मन्त्री किनियो, न्यायाधीश किनियो एमाले बाहेक सबैलाई किनियो । केपी ओली र एमालेलाई घेराबन्दीमा पारियो । त्यही घेराबन्दीबाट उम्कन केपी ओलीले प्रतिनिधि सभा विघटन गर्नुभयो । त्यसलाई पनि जबरजस्त बिउँताइयो ।

सर्वोच्च अदालतको परमादेशबाट प्रतिनिधि सभा पुरस्थापना भयो । प्रतिनिधि सभा पुरस्थापना मात्र भएन, सर्वोच्च अदालतले नै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदियो । प्रतिनिधि सभाले छान्नु पर्ने प्रधानमन्त्री सर्वोच्च अदालतले नै तोकिदियो ।

सर्वोच्च अदालतको त्यो फैसला त्यतिकै आएको थिएन । अदालतलाई प्रयोग गरिएको थियो । न्यायाधीशहरू किनिएको थियो । न्यायाधीशसँग सौदा वाजी गरिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरालाई मन्त्रीको कोटा दिइएको थियो । अर्का न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने आश्वासन दिइएको थियो । कसैलाई राजदूतको कोटा दिइएको थियो । सबैलाई केही न केही दिइएको थियो ।

कसैलाई हाताहाती दिइएको थियो । कसैलाई उधारो दिइएको थियो । न्यायपालिकालाई अस्तव्यस्त बनाइएको थियो । एमाले विरुद्ध बनेको गठबन्धनले सबै तिर सबै शक्ति प्रयोग गरेको थियो ।

फैसला गठबन्धनको पक्षमा भयो । शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो । गठबन्धनले गरेको बाचा अनुसार प्रधानन्यायाधीश चोलेन्द्रसमशेरका जेठान मन्त्री बन्नुभयो । यसले गठबन्धन र अदालतको मिलेमतो पुष्टि भयो । लोक लाजका लागि मन्त्री बनेकै भोलिपल्ट उहाँले राजीनामा दिनुभयो । त्यस पछि सुरुभयो गठबन्धन र चोलेन्द्र बिचको दरार ।

केपी ओलीलाई हटाउने र गठबन्धनलाई सत्तामा ल्याउने प्रमुख खेलाडी हुनुहुन्थ्यो चोलेन्द्रसमशेर जबरा । त्यसैले त्यहाँ भित्रको सबै घटना परिघटना थाहा थियो र छ उहाँलाई । त्यसैले गठबन्धन उहाँसँग आत्तिएको थियो र छ । कुनै पनि बेला चोलेन्द्रले पोल खोलिदेलान् र सारा षडयन्त्रको पर्दाफास होला भन्ने डर गठबन्धनका नेतालाई छ ।

गठबन्धनका दलहरू आफ्नो काम पूरा भएपछि चोलेन्द्र विरुद्ध षडयन्त्र गर्न लागे । उनीहरू चोलेन्द्रलाई आफ्नो बाटोबाट हटाउन चाहन्थे र आफूले बचन दिए अनुसारको अर्का व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन चाहन्थे । त्यसैले उहाँलाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन दबाब दिए । वकिल उचाले, बारलाई लगाए  । न्यायाधीश उचाले, पूर्व न्यायाधीश उचाले आन्दोलन गर्न लगाए । अदालतलाई अस्तव्यस्त बनाए ।

गठबन्धनको भित्री सबै कुरा थाहा पाउनुभएका चोलेन्द्र गल्नुभएन, पछि हट्नुभएन, राजीनामा दिनुभएन । सक्छौ भने महाअभियोग ल्याऊ भन्दै चुनौती दिनुभयो ।

चोलेन्द्रले मुखले मात्र बोल्नुभएन । एक्सन नै सुरु गर्नुभयो । माधव नेपाल लगायत विरुद्धको जग्गा प्रकरणको मुद्दा पेसीमा चढाउनुभयो । माधव नेपाल जेल पर्ने निश्चित जस्तै भयो । चोलेन्द्रलाई इजलासमा बस्नबाट नरोक्ने हो भने माधवको जेल यात्रा सुनिश्चित भएपछि गठबन्धनका दलले रातारात उपाय निकाले । चोलेन्द्रलाई महाअभियोग लगाउने र आफू निकटकालाई प्रधानन्यायाधीश बनाउने ।

रातारात हस्ताक्षर गराइयो । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइयो । उहाँलाई प्रधानन्यायाधीश कुर्सीबाट हटाइयो । घर बस्न बाध्य बनाइयो ।

महाअभियोग प्रस्ताव गठबन्धनका दलले प्रतिनिधि सभामा छलफलको लागि दर्ता गराएका थिएनन् । महाअभियोग दर्ता भएपछि चोलन्द्र निलम्बनमा पर्नुभयो । उहाँले मुद्दा हेर्न पाउनुभएन । जसले गर्दा माधव जागिनुभयो । चोलेन्द्रले चाल्ने थप कदम पनि रोकियो ।

चोलेन्द्रको सीरमा महाअभियोगको तरबार झुण्ड्याएर देश लुट्ने प्रपञ्च थियो महाअभियोग प्रस्ताव । अरू न्यायाधीशलाई पनि गठबन्धनको विरोधमा गए चोलेन्द्रकै हालत बनाइदिने चेतावनी थियो महाअभियोग ।

प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता हुने बित्तिकै त्यस माथि छलफल गरी छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने थियो । तर सो प्रस्ताव प्रतिनिधि सभामा नै नलगी प्रतिनिधि सभा बैठक अन्त्य गरियो । चोलेन्द्रलाई झुलाइयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पहिलादेखिकै अडान थियो कि प्रतिनिधि सभा पुनर्स्थापित गर्ने फैसला गर्ने इजलासमा बसेको सबै न्यायाधीश माथि महाअभियोग लगाई छानबिन गर्नुपर्ने, एक्लो चोलेन्द्रलाई महाअभियोग लगाउन नहुने । तर गठबन्धनले त्यसलाई टेरेन, एमालेलाई सुनेन । एमालेको समर्थन बेगर महाअभियोग प्रस्ताव पास हुने सम्भावना थिएन । त्यसैले सो प्रस्ताव माथिको छलफल अघि बढाउन चाहेन ।

प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता गरेर राख्ने तर छलफल नगर्ने कुराले गठबन्धनका नेताको मुहारमा कालो मोसो लाग्यो । सरकारलाई चौतर्फी दबाब पर्‍यो । अन्ततः प्रतिनिधि सभाको म्याद सकिने बेला सरकार चोलेन्द्र माथिको महाअभियोग प्रतिनिधि सभा बैठकमा लैजान बाध्य भयो ।

ढिलै भए पनि प्रतिनिधि सभामा महाअभियोग पेस भयो । छलफल भयो र महाअभियोग सिफारिस समिति बन्यो ।

समितिले बुधबार चोलेन्द्रलाई बयानको लागि बोलायो । संसदीय समितिमा बयान दिन जाँदा चोलेन्द्र गल्नुभएको थिएन । किनकि उहाँ सत्ता गठबन्धनको षडयन्त्रको विज्ञ हुनुहुन्छ । बरु उहाँको बयानले सत्ता गठबन्धन दल र तिनका नेताको मुटु हल्लिएको छ । कतिपय न्यायाधीश थर्कमान भएका छन् । शक्ति केन्द्रमा छटपटी चलेको छ ।

बयानको पहिलो दिन बुधबार चोलेन्द्र सिंह जस्तै गर्जनुभयो । उहाँले प्रष्ट शब्दमा भन्नुभयो गठबन्धनले आफ्नो पक्षमा फैसला गराउन न्यायाधीशरलाई रिसवत दिएको छ । बारलाई प्रयोग गरेको छ । मिडियाको नाममा पैसा खर्चेको छ ।

चोलेन्द्रले त्यति मात्रै भन्नुभएन । माधवको मुद्दा माथि सुनुवाइ हुने भएपछि आफू माथि महाअभियोग लगाइएका पनि उहाँले प्रष्ट शब्दमा भन्नुभयो ।

चोलेन्द्र त्यतिमा मात्र रोकिनुभएन । उहाँले भनिदिनुभयो ‘यो कास्टिङ मात्र हो, विस्तृत त किताब नै छापेर सार्वजनिक गरिदिन्छु, राजीनामा दिएर बस्न पनि सक्थेँ तर गठबन्धनको कर्तुत सार्वजनिक गर्ने पर्ने भएकोले संसदीय समितिमा बयान दिन पर्खेर बसेको ।’

चोलेन्द्रले आफू माथिको महाअभियोग गठबन्धनले झुलाएर राखेको भन्दै गठबन्धनलाई चुनौती दिनुभयो । माधव नेपालले चुड्कीको भरमा आफूलाई हटाउने सार्वजनिक मन्तव्य दिएको भन्दै घुमाउरो हिसाबले उहाँलाई देखाइदिने चेतावनी दिनुभयो । प्रचण्ड र शेरबहादुर बार र मिडिया उचालेर आफूलाई घेराबन्दी गरेको भन्दै उनीहरूको पनि दिन आउने प्रष्टै भाषामा बताउनुभयो ।

चोलेन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली दूरदर्शी नेता भएको बयानमा बताइदिनुभयो । एमाले र केपी ओली विरुद्ध आफूबाट जति काम भए ती सबै काम दबाब र घेराबन्दीको कारण भएको उहाँले बताइदिनुभयो ।

त्यति मात्र होइन उहाँले आफू माथिको महाअभियोग प्रस्ताव माथिको छलफल माथि नै प्रश्न खडा गरिदिनुभयो । बुधबार र बिहीबार भएको बयानमा उहाँले आफू माथि लगाइएको महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको बताउनुभयो । तथापि आफ्ना कुरा सुनाउन र गठबन्धनको पोल खोल्न संसदीय समितिमा बयान दिन आएको उहाँले बताउनुभयो ।

बिहीबारको बयानको क्रममा त चोलेन्द्रले महाअभियोग सिफारिस समितिको वैधता माथि नै प्रश्न उठाइदिनुभयो । आफू माथि महाअभियोग ल्याउने सांसद् नै छानबिन समितिमा रहनु प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेको उहाँको भनाइ थियो ।

बयानमा गल्दै जानुपर्नेमा चोलेन्द्र झन् जाग्दै जानुभएको छ । यसको अर्थ उहाँ एक पछि अर्को गर्दै गठबन्धनका दल र खास गरी प्रचण्ड, माधव नेपाल र शेरबहादुर देउवाको पोल खोल्ने तयारीमा हुनुहुन्छ । चोलेन्द्र गठबन्धनले गरेको भयंकर षडयन्त्रको पोले खेल्ने सुरसारमा हुनुहुन्छ । घटनाक्रम हेर्दा लाग्छ, अब गठबन्धनको दिन गन्ति सुरु भयो । त्यससँगै प्रचण्ड, माधव र शेरबहादुरको पनि sanrisekhabar bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित