कागतीमा अनौठो रोग लाग्न थालेपछि किसान चिन्तित

0
SHARES
7
VIEWS

कागतीमा किराले कागतीका हाँगा काट्ने र कागतीका हाँगाभित्रै किराले दुलाे पारेपछि माेरङकाे ग्रामथान नगरपालिका – २ झाेराहाट (झङराही) का किसान महेश भट्टराई चिन्तित छन्।

कूल २ कठ्ठा जमिनमा लगाइएको कागती खेतीमा अनाैंठाे किरा लागेर कागतीकाे बाेट ओइलिन थालेपछि उहाँ चिन्तित हुनुभएको हो । माेरङकाे मधुमल्लाका काजीराम गाैतमकाे घरबाट बिरूवा ल्याएर कागती खेती सुरु गरेका भट्टराईले करिब ४० ओटा कागतीका बाेट लगाउनुभएकाे छ ।

अरू बेला किराले कम क्षति गरेपनि खडेरी लागेपछि भने अत्यान्तै धेरै कागतीलाई दु:ख दिने गरेको बताउनुहुन्छ। हिँउद महिनामा हरियो किराले पात खाने समस्या धेरै हुन्छ तर बर्खायाममा सेताे किराले धेरै नै दु:ख दिने गरेको छ ।

कृषक भट्टराईले वर्षमा दुई पटक उत्पादन दिने वेमौसमी कागतीकाे खेती सुरु गर्नु भएको थियो। उहाँले जसका लागि २० हजार भन्दा बढी लगानी गरिसक्नुभएको छ । कागती खेतीमा पाइएकाे अनाैंठाे राेगका कारण ग्रामथान गाउँपालिकाका कृषि शाखा प्रमुख एवम् प्राविधिक प्रमुख सुरेन कुमार माझीलाई जानकारी गराउनुभयो र आवश्यक परामर्श सेवा समेत लिनुभएको थियो।

कृर्षि प्राविधिक माझीकै सल्लाह अनुसार उहाँले kraloxyl or copper oxychloride नामको औषधी खरिद गरी २ ग्राम प्रतिलिटर पानीमा घाेलेर कागतीकाे बाेटमा छिट्नु भएको थियो। र, पुनः १० दिनपछि फेरि अर्को पटक पनि छिट्न सुझाव दिएकाले साेहि औषधीले प्रयोग गरिसकेपछि पनि किरा नियन्त्रण नभएको र औषधिले प्रभावकारी रुपमा काम नै नगरेको कृषक भट्टराईको भनाई थियो onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित