भक्तपुर २ मा महेश बस्नेतको भन्दा मेरो धेरै योगदान छ पार्टीले मलाइ टिकट दिनेमा विस्वस्त छु निर्मल भटटराई अन्तरर्वाता सहित

0
SHARES
117
VIEWS

मंसिर ४ गते हुने आम निर्वाचनको सरगर्मी बिढरहेको छ । राजनीतिक दलहरुले तीव्र तयारी थालेका छन् । दलहरुले निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिसका लागि समयावधि तोकेका छन् ।

यसै क्रममा नेकपा एमालेले भदौ २२ भित्र सर्वसम्मत वा चुनाव नगराइकन उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिइसकेको छ । यसै क्रममा नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले भक्तपुर क्षेत्र नं। २ बाट प्रतिनिधिसभाको सदस्यको उम्मेदवारका लागि हालका सांसद महेश बस्नेत र नेता निर्मल भट्टराईलाई सिफारिस गरेको छ ।

अब पार्टीले कसलाई उम्मेदवार बनाउँछ भन्ने विषय पेचिलो बनेको छ । यद्यपि यो विषय भनेको पार्टी माथिल्लो तहको निर्णयले निर्क्योल गर्नेछ । करिब साढे तीन दशकको कम्युनिष्ट राजनीतिमा आफूलाई अनवरत लगाएका भट्टराई आफ्नै नाम टुंगो लाग्ने दावी गर्छन् । पार्टीले आफ्नो नाम सिफारिस गरे गठबन्धनका बाबजुद पनि जित्ने उनको विश्वास छ ।  भट्टराईसँग उम्मेदवार बन्नुभयो भने जित्ने आधार के छन् लगायत विषयमा कुराकानी गरेको छ । पाँच प्रश्नका लागि भट्टराईसँग गरिएको कुराकानीः

सङ्घीय सांसद बन्ने तपाईंको आकांक्षा किन ?

सङ्घीय सांसद खासगरी देशको नीतिनिर्माणको लागि जनताले चुनेर पाठाउने पद हो । जनताको लागि पाँच वर्ष राम्ररी काम गर्ने सरकार बनाउनका लागि हो । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मेरो पार्टी नेकपाएमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाइसकेको छ ।

उहाँलाई प्रधानमन्त्री बनाउने र उहाँको सपोर्टिङ ह्याण्ड बन्ने मेरो उद्देश्य हो । राज्यको ऐन कानुन निर्माणमा विशेष भूमिका खेल्ने, उत्कृष्ट विधायक बन्न सङ्घर्ष गर्ने र आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणको नेतृत्व र सहजीकरण गर्ने पुनित उद्देश्य राखेर नै मैले सो पदमा दावी प्रस्तुत गरेको हुँ ।

सोही पदमा भक्तपुर क्षेत्र नं २ बाट अरू आकांक्षीभन्दा तपाईं के मानेमा अब्बल ?

अरू आकांक्षी भन्दा भक्तपुरको कम्युनिष्ट आन्दोलनमा बढी योगदान गरेको छु । पञ्चायती कालरात्रीमा पार्टी संगठन गर्ने, आन्दोलनको नेतृत्व गर्ने कठीन यात्राको अरू आकांक्षी कमरेडहरूले केवल अनुमान मात्र गर्न सक्नुहुन्छ ।

त्यो बेलाको बर्बर प्रहरी दमन, अङ्गभङ्ग हुने गरी प्रहरीको यातना र भक्तपुरको कम्युनिष्ट आन्दोलनमा सकृय भएबापत एक वर्षभन्दा बढीको जेल सजाय अरू आकांक्षी कमरेडलाई कथाजस्तो मात्र लाग्दो हो । बहूदलपछिको राजनीतिक ड्याङ्मा हुर्केका कतिपय कमरेडहरूलाई तीव्र पदीय महत्वाकांक्षाका कारण ‘उहिलेका कुरा खुइले’ भनेर मलाई खिसी–टिउरी गर्न पनि मन लाग्दो हो ।

तर पार्टीले तोकेको यो पहिलो मापदण्ड हो र यसमा अरू कमरेडसँग मेरो तुलना नै हुन सक्दैन । अनुभव, योग्यता, क्षमतामा त म अरू आकांक्षी कमरेडहरूभन्दा अब्बल छु नै । देश र जनताप्रतिको मेरो समर्पण, इमानदारी, पारदर्शिता र सादा साम्यवादी जीवन शैलीसँग पार्टीभित्र त के पार्टी बाहिरका कसैले मसङ्ग प्रतिस्पर्धा गर्न सक्दैनन् ।

म कुनै वाद विशेष, गुट विशेष, क्षेत्र विशेष, लिङ्ग विशेष, जात विशेष, वर्ग विशेषको अन्ध पक्षपोषण गर्ने मानिस होइन । आफूले मन पराएको राजनीतिक विचारमा पनि समयसापेक्ष के सुधार गर्न सकिन्छ भनेर निरन्तर चिन्तन–मनन गर्ने मेरो स्वभाव हो ।

चुनाव लडेपछि जित्नुपर्ला, तपाईंका चुनाव जित्ने आधार चाहिँ के–के छन् ?

 

करिब साढे तीन दशकदेखि भक्तपुरको कुनाकाप्चासम्म पुगेर जनतालाई संगठित गर्ने काम मैले निरन्तर गरिरहेको छु । पार्टी संगठन निर्माणमा अहोरात्र खटेको छु । चुनाव जित्ने प्रमुख आधार त्यही हो ।

तपाईंलाई पनि थाहा हुनुपर्छ, म एमालेको नेतामात्र होइन, भक्तपुरको एउटा समर्पित शिक्षक पनि हो । मेरो निर्वाचन क्षेत्रमा मेरा हजारौं विद्यार्थी छन् । पार्टी पङ्क्तिभित्र र बाहिरी बौद्धिक जगतमा म त्यतिकै लोकपृय र परिचित छु ।

अर्को एउटा तथ्य पनि तपाईंले भुल्नु हुँदैन । त्यो के भने भक्तपुर निर्वाचन क्षेत्रमा हालसम्मका निर्वाचनमा दोहोर्‍याएर कोही जितेको छैन । यसको सोझो अर्थ हो, यस क्षेत्रका जनता हरेक पाँच वर्षमा आफ्नो प्रतिनिधि फेरिरहन्छन् । त्यसकारण मलाई पार्टीले विश्वास गरेर टिकट दिएमा फ्रेस र अर्ज्ञानिक उम्मेदवार भएको कारण जित्न झन सहज हुने थियो ।

यो त तपाईंको पार्टीभित्रको कुरा भयो, टिकट पाउनुभयो भने पनि गठबन्धनका कारण एमालेलाई जित्न यसपालि सजिलो छ र ?

 

यस क्षेत्रमा गठबन्धन भने पनि जे भने पनि एमाले र कांग्रेसबीचको प्रतिस्पर्धा हो । नेपाली काङ्ग्रेसले विगतमा जतिपटक जिते पनि नीति निर्माणमा र जिल्लाको विकास निर्माणको नेतृत्व गर्ने सवालमा कुनै उल्लेख्य काम गर्न सकेन ।

व्यक्तिगत स्वार्थमा रुमलिने काङ्ग्रेसको आम प्रवृत्ति सबैले देखेकै छन् । भक्तपुरमा उनीहरूमा यो प्रवृत्ति चरम अवस्थामा छ । अर्कातिर हाम्रो पार्टीले लिएको जनताको बहूदलीय जनवादी विचार र विकास र समृद्धिको लक्षलाई जिल्लावासीले रुचाएको कारण एमालेले देशमा र भक्तपुरको यस क्षेत्रमा सहजै जित निकाल्छ ।

नेपालको राजनीतिमा जुन जोगी आए कानै चिरेका भन्ने उखान चरितार्थ हुँदै आएको छ । साँच्चै बताइदिनोस् न तपाईं अरू प्रतिस्पर्धीभन्दा के कारणले भिन्न हुनुहुन्छ रु

हेर्नोस् मैले नेपाल र नेपालीको अहित हुने गरी कुनै काम गरेको छैन । गर्ने छैन । मैले कुनै विदेशी नेता, विशेष दूत वा राजदूतसँग कुनै पद बार्गेनिङ्ग गर्ने र खुल्ला मञ्च वा अरु मञ्चबाट चर्को राष्ट्रवादी भाषण गर्ने दोहोरो चरित्र कहिल्यै प्रदर्शन गरेको छैन ।

म कुनै वाद विशेष, गुट विशेष, क्षेत्र विशेष, लिङ्ग विशेष, जात विशेष, वर्ग विशेषको अन्ध पक्षपोषण गर्ने मानिस होइन । आफूले मन पराएको राजनीतिक विचारमा पनि समयसापेक्ष के सुधार गर्न सकिन्छ भनेर निरन्तर चिन्तन–मनन गर्ने मेरो स्वभाव हो ।

मैले कुनै नेता रिझाउन उसले उत्सर्जन गरेको अपान वायुको “बास्ना”को चर्चा गरिनँ । कुनै नेताको देवत्वकरण गरिनँ । मैले कुनै धर्म, सम्प्रदाय र भाषाको आडमा आफ्नो राजनीतिको रोटी सेक्ने प्रयत्न गरेको छैन र गर्ने छैन । मैले राजनीतिलाई कमाउ धन्दाको रुपमा बुझिनँ । राजनीति त्याग,वलिदान र जनसेवा हो भन्ने जीवन पर्यन्त बुझिरहने छु । मैले डनहरु जम्मा गरेर, हुलहुज्जत गरेर आफ्नो राजनीतिक प्रभाव जमाउने प्रयत्न गरिनँ । भन्सारमा गुन्डा सेटिङ्ग गरेर अकुत सम्पत्ति आर्जन गरिनँ ।

यसो गरेर समाज परिर्वतन हुन्छ भन्ने विश्वास जीवनभर नहुने प्रष्ट गर्न चाहन्छु । मेरो विश्वास हो–करोडौं खर्च गरेर, पैसाले मत किनेर चुनाव जितेका सांसदले प्रधानमन्त्री वा मन्त्री जे भए पनि जनताको सेवा गर्न सक्दैन । उसको ध्यान त्यही पैसा बटुल्नमा केन्द्रित हुन्छ । मैले राजनीतिको नाउँमा निर्दोष जनता बोकेर गुडिरहेको गाडीमा सबै जनता स्वाहा हुने गरी आगो लगाइनँ । पढाउँदै गरेको शिक्षकको कक्षाबाट थुतेर अवोध विद्यार्थीको सामुन्ने हत्या गरिनँ । फरक मत राखेवापत पत्रकारलाई जिउँदै जलाइनँ, गाडिनँ । त्यस्तो काम गर्न कोही कसैलाई उकासिनँ ।

मैले राजनीतिक क्षेत्रका “गणेश”हरुको कहिल्यै पुजा गरिनँ बरु कर्मवीरू “कुमार”हरुको पुजा , प्रशंसा र प्रोत्साहन गरिरहें । गरिरहन्छु । मैले नेतालाई शासक र जनतालाई अवाञ्छित भीडको रुपमा कहिल्यै हेरिनँ । नेता सेवक र जनता मालिक बनाउने अभियान नै मेरो राजनीतिको प्रमुख लक्ष हो । मैले लोकतन्त्र, मानव अधिकार र सामाजिक विरुद्धमा कुनै गतिविधि गरिनँ ।

मैले राजकीय पदमा रहँदा कुनै किसिमको भ्रष्टाचार, कमिसन प्राप्ति वा अन्य कुनै किसिमको द्रव्यमोह देखाइनँ । भावी दिनमा पनि किमार्थ देखाउने छैन । मैले आफ्नो जीवन सधैँ सरल, पारदर्शी र जनताले सजिलै पढ्न सक्ने बनाउन हरदम प्रयत्नरत छु । राजनीति गर्ने क्रममा मैले मुखमा कालो पट्टी बाँधेर, बन्दुकको कुन्दा देखाएर र मध्यरातमा टेलिफोनमा धम्क्याएर चन्दा असुली गरिनँ ।

मैले नातावाद कृपावादको पक्षपोषण गरिनँ । “हाम्रा”लाईभन्दा “राम्रा”लाई अघि बढाउन प्रयत्न गरिरहेँ । जनतालाई चुनावको बेला सम्झने र अर्को चुनावसम्म विर्सने परम्परा म आत्मसात गर्न सक्तिनँ । मेरा यिनै स्वभावले अरूभन्दा भिन्न बनाउलान् dainiknepalbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित