मानव बेचविखनविरुद्ध सरोकारवालाहरुसँग अन्तरक्रिया

0
SHARES
35
VIEWS

वीरता लेडी जेसीजको आयोजनामा एक दिवसीय मानव बेचविखनविरुद्ध सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

जेसीजले स्थापना दिवसको अवसर पारेर मानव बेचविखन न्यूनीकरण गर्नका लागि सीमा नाका मेचीपुलको मुखमै मंगलबार कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तो, नेपाल जेसीजकी कार्यकारिणी उपाध्यक्ष स्वस्तिका आचार्य, योगेश ठकुरीलगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा माइती नेपालका प्रदेश नम्बर १ का संयोजक गोविन्द घिमिरे, साना हातहरु नामक संस्था, विश्वसेवा विस्तारका प्रतिनिधिहरु, सञ्चारकर्मीलगायत विभिन्न सरोकारवाला संस्थाहरुको उपस्थिति रहेको थियो ।

संस्थाकी अध्यक्ष संगीता गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार लीला अनमोलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार