पाउ पाथीभरा मन्दिरमा डिजिटल घडी

0
SHARES
11
VIEWS

बिर्तामोड । सनराइज बैंक बिर्तामोड शाखाले झापाको मेचीनगर –१३ स्थित चारआलीमा रहेको पाउ पाथीभरा मन्दिरमा एकथान डिजिटल घडी प्रदान गरेको छ ।

पछिल्लो समय धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकसित भइरहेको पाउ पाथीभरा मन्दिरमा आउने भक्तजनलाई यहाँको तापक्रम, समय र सूचनामुलक जानकारी प्रदान गर्ने उद्धेश्यले एकथान डिजिटल घडी प्रदान गरिएको सनराईज बैंकका डेपुटी जनरल म्यानेजर रविनकुमार नेपालले बताए ।
सनराईज बैंकका डेपुटी जनरल म्यानेजर रविनकुमार नेपाल, सनराइज बैंकका १ नं प्रदेश प्रमुख विवेक निरौलालगायतले पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार प्रवद्र्धन समितिका अध्यक्ष तीलकप्रसाद गिरीलाई उक्त सामग्रीको पत्र हस्तान्तरण गरेका थिए ।

पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वारमा राखिएको डिजिटल घडीबाट देशका विभिन्न स्थानबाट पाउ पाथीभरा मन्दिरमा आउने भक्तजनहरुले यहाँको तापक्रम, समय र सूचनामुलक जानकारी प्राप्त गर्न सहज हुने सनराइज बैंकका १ नं प्रदेश प्रमुख विवेक निरौलाले बताए ।
उनले वैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाउ पाथीभरा मन्दिरमा एकथान डिजिटल घडी प्रदान गरेको बताउँदै बैंकले समाजका आधारभूत आवश्यकताहरुलाई क्रमैसँग पूरा गरेर सामाजिक उत्तरदायित्व बहन गर्दै आएको जानकारी दिए । उनले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाए ।

पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार प्रवद्र्धन समितिका अध्यक्ष तीलकप्रसाद गिरीले धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको पाउ पाथीभरा मन्दिरमा सनराइज बैंक बिर्तामोड शाखाले एकथान डिजिटल घडी प्रदान गरेको कार्यको प्रसंसा गर्दै पाउ पाथीभरा मन्दिर परिसरमा आउने भक्तजनलाई डिजिटल घडी उपयोगी हुने बताए ।

उनले धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकसित भइरहेको पाउ पाथीभरा मन्दिरमा दैनिक एक सय भन्दा वढी र मंगलवार र शनिवार पाँच सय भन्दा वढी भक्तजन दर्शनका लागि आउने गरेको बताए । कार्यक्रमको सहजीकरण सनराइज बैंक बिर्तामोड शाखा प्रमुख गणेशकुमार गुरागाईंले गरेको वरिष्ठ सहायक श्यामकुमार गुरुङले जानकारी दिए ।

यसैबीच सनराइज बैंकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी तीन थान पोर्टेबल शौचालय र एकथान डिजिटल घडी प्रदान गरेको छ। सनराईज बैंकका डेपुटी जनरल म्यानेजर रविनकुमार नेपालले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सामग्रीको पत्र हस्तान्तरण गरेको सनराइज बैंकका १ नं प्रदेश प्रमुख विवेक निरौलाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित