अढाइ वर्षदेखि ठप्प रहेको हलुवागढ वन समूहको गतिविधि चलायमान हुने अपेक्षा

0
SHARES
10
VIEWS

झापा अर्जुनधारा १ सिस्नेमा रहेको हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यले सपथ ग्रहण गरेका छन् । निर्विरोधरुपमा चयन भएका समूहका पदाधिकारी तथा सदस्यहरुले मंगलबारदेखि सपथ ग्रहणसँगै कार्यभार सम्हालेका छन् ।

 

निर्वाचन समितिद्वारा समूहको कार्यालय परिसरमा आयोजित घोषणा सभा तथा सपथ ग्रहण कार्यक्रममा समितिका संयोजक एवम् नगर सभा सदस्य मदन लिमेल मगरले उनीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

 

निर्वाचन समितिका अनुसार समूहको अध्यक्षमा देउनारायण राई, उपाध्यक्षमा बुद्धकला फूँयेल ढकाल, सचिवमा ओमबहादुर तोलाङ्गी, सहसचिवमा रामबहादुर फागो र कोषाध्यक्षमा पूजा लिम्बू चुनिएका छन् ।

 

त्यसैगरी सदस्यहरुमा अस्मिता चौलागाईं, निरु शिवा, बालकुमार लिम्बू, मीरा आचार्य, युवराज आचार्य, रोशन मिश्र, लीलादेवी रामदाम र विष्णुकमार तामाङ निर्विरोध चयन भए । नयाँ कार्यसमिति आएपछि करिब अढाइ वर्षदेखि ठप्प रहेको समूहको गतिविधि चलायमान हुने अपेक्षा लिइएको छ ।

 

संयोजक मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्ष उपेन्द्र बस्नेतलगायतले उनीहरुलाई निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरेका थिए । उनीहरुले वनको संरक्षणसँगै उपभोक्ताको हितमा काम गर्न समिति लागिपर्ने विश्वास व्यक्त गरे ।

 

कार्यक्रममा निर्वाचन समितिका सदस्य दिव्य कट्टेलले स्वागत गरेका थिए भने समितिका सदस्य एवम् कनकाई सब डिभिजन वन कार्यालयका रेञ्जर राजेश घिमिरेले निर्वाचन प्रक्रिया र वर्तमान वन ऐनले तय गरेको विधानका बारेमा प्रष्ट पारेका थिए ।

 

कार्यक्रममा नेकपा एमालेका खड्गबहादुर गोले, नेपाली काँग्रेसका बुद्ध बोहोरा, माओवादी केन्द्रका वीजेन्द्रकुमार एक्तेन, राप्रपाका सुरेन्द्र आचार्य, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्र प्रसाईं, वन उपभोक्ता महासंघ झापाकी सदस्य विनिता थापा, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका रामबहादुर कार्की, युवा व्यवसायी तथा उपभोक्ता विजय सेन्दाङ, मंगोल नेशनल अर्गनाइजेशनका मणिराज लिम्बू, सिंहदेवी माविका प्रअ लक्ष्मी रिजाल, समूहका पूर्वअध्यक्ष चक्रबहादुर तामाङ, नवनिर्वाचित देउनारायण राईले आफ्ना भनाइ राखेका थिए । कार्यक्रमको सञ्चालन टंकप्रसाद बरालले गरेका थिए ।

 

नयाँ कार्यसमिति चयन गर्न गत साउन १६ गते सम्पन्न भएको समूहको विशेष साधारण सभाले मगरको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो । समूहमा ५८५ जना उपभोक्ता रहेका छन् भने समूहको २६४ हेक्टर क्षेत्रफल रहेको छnewssanjal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित