अडानीको व्यापक विस्तारलाई ‘गम्भीर ऋण संकट’मा पर्न सक्ने चेतावनी

0
SHARES
9
VIEWS

भारतको सबैभन्दा ठूलो निजी बन्दरगाह मुन्द्राबाट ५० किलोमिटर दक्षिणतर्फ छ, विश्वको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र जामनजर रिफाइनरी । आकाश खुलेको दिनमा मुन्द्रा बन्दरगाहबाट जामनगर रिफाइनरी स्पष्ट देख्न सकिन्छ । सन् १९९० को दशकको प्रारम्भमा यी दुवै स्थल मलेरियाको दबदबा रहेको दलदल र खेत मात्र थिए । आज यी भारतको आर्थिक सम्भावना र तिनका मालिकका वैभवका प्रतीक बनेका छन् । मुन्द्रा गौतम अडानीको स्वामित्वमा रहेको बन्दरगाह हो भने जामनगर प्रधोशन केन्द्र मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेडको स्वामित्वमा छ । दुवै अर्बपति पछिल्ला वर्षमा भारतीय व्यापारको सबैभन्दा चर्चित अनुहार हुन् ।

समर्थकहरूको नजरमा उनीहरू भारतका देशभक्त उद्यमी हुन्, जसले भारतको आर्थिक प्रगतिलाई अगाडि बढाउन आफ्नो प्रतिभा र स्रोतहरू प्रयोग गरिरहेका छन् । आलोचकका लागि भने ती आफ्नोबाहेक कसैको स्वार्थ नहेर्ने व्यापारी हुन् । भारतीय व्यापारमा यी दुईको बढ्दो प्रभावमा कुनै विवाद छैन । अडानी र अम्बानीको नियन्त्रणमा रहेका कम्पनीको संयुक्त राजस्व भारतको कुल गार्हस्थ उत्पादन९जिडिपी०को चार प्रतिशतबराबर छ ।

दुई भारतीय अर्बपति उद्यमीको सार्वजनिक रूपमा सूचीकृत कम्पनीहरूको संयुक्त मूल्य ४५२ अर्ब डलर छ, जुन चार वर्षअघिको भन्दा चार गुणाले बढी हो । अडानी पछिल्लो समय एलोन मस्क र जेफ बेजोसपछि संसारका तेस्रो धनी व्यक्ति बनेका छन् ।

अम्बानीको कम्पनी रिलायन्स उनका पिता धीरुभाइ अम्बानीले स्थापना गरेका थिए । अहिले यस कम्पनीले पेट्रोकेमिकल र तेल प्रशोधनका अतिरिक्त खुद्रा व्यापार, दूरसञ्चार क्षेत्र र नवीकरणीय ऊर्जामा पनि हात हालेको छ । अडानीको व्यवसाय एक दशकको अन्तरमै मुम्बईको सानो कार्यालयबाट फैलिएर अहिले बन्दरगाह, विमानस्थल र ऊर्जा गरी सात सार्वजनिक कम्पनी र विभिन्न निजी उद्यममा विस्तार भएको छ । यी दुई उद्यमीको सार्वजनिक रूपमा सूचीकृत कम्पनीको संयुक्त मूल्य ४५२ अर्ब डलर छ, जुन चार वर्षअघिको ११२ अर्ब डलरको भन्दा चार गुणाले बढी हो । उनीहरूको व्यक्तिगत सम्पत्ति पनि चार वर्षको अवधिमा चारै गुणा ९संयुक्त सम्पत्ति ६७ अर्बबाट २३७ अर्ब० बढेको अनुसन्धान फर्म हुरुन इन्डियाको तथ्यांकले देखाउँछ । अडानी पछिल्लो समय एलोन मस्क र जेफ बेजोसपछि संसारको तेस्रो धनी व्यक्ति बनेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विकास उद्देश्यसँग दुई उद्यमीको महत्वाकांक्षा मिल्दा तिनले ठूलो फाइदा दिइरहेका छन् । भारतमा अझै पनि राज्यले सयौँ सरकारी उद्योग सञ्चालन गर्छ । तर, देशको आर्थिक विकासमा यी उद्योगको योगदान पुर्‍याउन सक्ने कुराप्रति धेरै पहिलेदेखि नै विश्वास हराएको छ । यसको सट्टामा अर्थव्यवस्थाको उच्च वृद्धि तथा पूर्वाधार निर्माणमा वर्तमान सरकारको आशा देशका मुट्ठीभर निजी फर्महरूमाथि निर्भर रहन थालेको छ । निजी फर्मले मात्र भारतको झन्झटिलो सरकारी प्रक्रिया र परियोजनाहरूको अनियमित वितरणले समस्यालाई सम्बोधन गर्ने सरकारको विश्वास देखिन्छ । अम्बानी र अडानी यस विश्वासमा टेकेर सबैभन्दा अघि बढ्न सफल व्यवसायी हुन् ।

उनीहरू सरकारसँगको घनिष्टतालाई प्रयोग गरेर ठूला परियोजना हात पार्ने र त्यसबाट फाइदा लिने उद्योगी मात्र होइनन् भन्ने तर्क गरिन्छ । यस्तो तर्क गर्नेले दुवैजनाको लगानी चाहना नाफाबाट प्रेरित नभएको उदाहरण पेस गर्छन् । रिलायन्सले एक दशकमा १० प्रतिशतभन्दा बढी पुँजीगत प्रतिफल आर्जन गरेको छैन । अडानीका सूचीकृत कम्पनीमध्ये दुई ९अडानी विल्मार र प्राकृतिक ग्यास वितरण व्यवसाय०ले मात्र राम्रो प्रतिफल दिन्छन् र ती दुवै विदेशी फर्मसँगको साझेदारीमा सञ्चालित हुन्छन् ।

पछिल्लो समय अम्बानी र अडानीले समान व्यवसायमा हात हाल्न थालेका छन्, जसले दुईजनाको प्रतिस्पर्धा थप सघन बनाएको छ । रिलायन्स र अडानी समूहबीच रहेका समानताले दुई समूह समान व्यवसायतर्फ आकर्षित हुन थालेको देखिन्छ ।

पछिल्लो समय अम्बानी र अडानी समान व्यवसायमा हात हाल्न थालेका छन्, जसले दुईजनाको प्रतिस्पर्धा थप सघन बनाएको छ । रिलायन्स र अडानी समूहबीच रहेका समानताले दुई समूह समान व्यवसायतर्फ आकर्षित हुन थालेको केहीले आँैल्याउँछन् । दुवै संस्थाका संस्थापक उत्तर–पश्चिमी राज्य गुजरातमा जन्मेका थिए । ९भारतका प्रधानमन्त्री मोदी पनि सोही राज्यमा जन्मेका हुन् ।० दुवै फर्महरू विद्यमान उद्योगमै प्रभावशाली स्थान बनाएर बढेकाले ती एकअर्कासँग र ९मोदीको उद्देश्यमा समेत० जोडिन पुगे ।

कपडाको बेचबिखनबाट सुरु भएको रिलायन्सले पछि आफैँ कपडा उत्पादन गर्न थाल्यो । त्यसपछि कम्पनीले कपडामा प्रयोग हुने पोलिमरको निर्माण गर्न थाल्यो र अन्तमा ती पोलिमर बनाउन प्रयोग हुने पेट्रोकेमिकल व्यवसायमै ऊ जोडियो । तेल प्रशोधन, ऊर्जा र पेट्रोकेमिल व्यवसायले सन् २०१७ मा कम्पनीको राजस्वको ९१ प्रतिशत र नाफाको ९९ प्रतिशत हिस्सा ओगटेको थियो । त्यस समयको सेरेफेरोमा रिलायन्स एक महŒवपूर्ण रूपान्तरणबाट गुज्रियो । सन् २०१६ बाट रिलायन्सले दूरसञ्चार क्षेत्रमा हात हाल्यो । अहिले भारतका ४२।१ करोड मानिसले जियोको सेवा प्रयोग गर्छन् । त्यसबाहेक रिलायन्सको खुद्रा व्यवसाय शाखामा २५ सय किराना पसल र आठ हजार ७०० विद्युतीय स्टोर समावेश छन् । यसको चार हजार फेसन आउटलेटले अनलाइन शाखाको सहयोगमा गत वर्ष ४३ करोड कपडा बेच्यो । रिलायन्सको एक विशाल मिडिया सञ्जाल पनि छ, जसमा तीनवटा समाचार च्यानल, एक चलचित्र निर्माण एकाइ र एउटा ठूलो व्यावसायिक अनलाइन पोर्टल समावेश छन् ।

अडानीले सन् १९८० को दशकमा हिराको व्यापारबाट व्यवसाय सुरु गरेका थिए । त्यसपछि उनी धातु र खाद्यान्नको व्यापारमा संलग्न भए । मुन्द्रा बन्दरगाहको विकासका लागि सरकारी सहुलियत पाउनु उनको व्यावसायिक जीवनको टर्निङ पोइन्ट भयो । सन् १९९८ बाट निर्माण सुरु भएको बन्दरगाहमा अहिले रेल लिंक र मालवाहक विमानस्थल छ । बन्दरगाहमा पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, उड्डयन इन्धन, ड्राई कार्गो र कन्टेनर ढुवानीका सुविधा छन् ।

अडानी र अम्बानी दुवैले ब्याट्री, हाइड्रोजन र सौर्य ऊर्जा समेट्ने गरी ऊर्जा परियोजनामा ७० अर्ब डलरभन्दा बढी खर्च गर्ने योजना घोषणा गरेका छन् ।

जहाजको आवागमनको हिसाबमा यो बन्दरगाह विश्वमा २६औँ स्थानमा आउँछ र अडानीले यसलाई सन् २०३० सम्म विश्वको सबैभन्दा ठूलो बनाउने लक्ष्य लिएका छन् । पछिल्लो समय उनले दर्जनौँ अन्य साना बन्दरगाह अधिग्रहण गरे । अहिले अडानीका बन्दरगाह हुँदै भारतको कुल ढुवानीको २४ प्रतिशत, कन्टेनर यातायातको ४३ प्रतिशत आवागमन हुन्छ । अडानीको बन्दरगाह विस्तार भारत सरकारको निर्यात पावरहाउस बन्ने सरकारको उद्देश्यसँग मेल खान्छ ।

अडानीको अन्य व्यवसाय पनि निकै प्रभावशाली छन् । अडानीको स्वामित्वमा रहेका संस्थाहरूले भारतको कोइलाको एकतिहाइभन्दा बढी हिस्सा आयात गर्छन् । त्यस्तै भारतको २२ प्रतिशत बिजुली प्रसारण उनकै स्वमित्वमा रहेका प्रसारण लाइनबाट हुन्छ । उनका गोदाममा देशको ३० प्रतिशत अन्न भण्डारण हुन्छन् । सन् २०१९ मा मात्र उनले सातवटा विमानस्थल अधिग्रहण गरे । उनका विमानस्थलहरूबाट भारतको कुल हवाई यात्रुमध्ये एकचौथाइ र एकतिहाइ हवाई कार्गोको ओसारप्रसार हुन्छ । नभी मुम्बई भनेर चिनिने क्षेत्रमा एउटा विशाल खाली क्षेत्रमा दुई वर्षभित्र सहरको दोस्रो एयरपोर्ट बनाउने लक्ष्य राखिएको छ । पहिलो अडानी समूहले किनेको थियो ।

अडानीका अन्य उद्यममा नौ राज्यमा निर्माण भइरहेका १३ ठूला सडक–निर्माण परियोजना छन् । उनले इजरायलको हाइफा बन्दरगाहमा पनि महŒवपूर्ण हिस्सा अधिग्रहण गरेका छन्, जुन बन्दरगाह भूमध्यसागरमा हुने व्यापारका लागि उनको सहायक हुनेछ । गत वर्ष झन्डै दश वर्ष लामो संघर्षपछि उनले अस्ट्रेलियामा एक संयुक्त खानी, रेलवे र बन्दरगाह पूरा गरे । अहिले त्यहाँबाट भारतमा कोइला निर्यात हुन थालेको छ ।

स्वाभाविक रूपमा यी दुई व्यापारिक समूहको वृद्धि हुँदै जाँदा एक–आपसमा टक्कर हुन्थ्यो नै । अगस्टमा अडानीले एनडिटिभीको होस्टाइल टेकओभरको प्रक्रिया सुरु गरे । त्यसका लागि उनले एनडिटिभीलाई ऋण दिने संस्थान टिभीका संस्थापकलाई थाहा नदिई किनेका थिए । अब अडानीको स्वामित्वमा आएपछि यसको प्रतिस्पर्धा रिलायन्सको मिडिया व्यवसायसँग हुनेछ । अडानी र अम्बानी दुवैले ब्याट्री, हाइड्रोजन र सौर्य ऊर्जा समेट्ने गरी ऊर्जा परियोजनामा ७० अर्ब डलरभन्दा बढी खर्च गर्ने योजना घोषणा गरेका छन् ।

अगस्टमै अडानीले सरकारको फाइभ–जी ब्यान्डविथको लिलामीमा बोली लगाएर धेरैलाई आश्चर्यमा पारे । यसबाट उनी दूरसञ्चार क्षेत्रमा रिलायन्ससँग प्रतिस्पर्धा गर्न खोज्दै छन् भन्ने पुष्टि हुन्छ । मुन्द्रा बन्दरगाहमा अडानीले सञ्चालन गरिरहेका औद्योगिक परियोजनामा एक तेल प्रशोधन केन्द्र पनि छ, जसले स्वभावतः अम्बानीको प्रशोधन केन्द्रलाई टक्कर दिनेछ । अहिलेको जस्तो प्रतिस्पर्धाले ‘दुवै पक्षबाट केही अविवेकी वित्तीय निर्णय हुने सम्भावना बढाउने’ भन्दै अनुसन्धान फर्म क्रेडिटसाइट्सले चेतावनी दिएको छ । अडानीको व्यापक विस्तारलाई मध्यनजर गर्दै क्रेडिटसाइट्सले उनको व्यवसाय ‘गम्भीर ऋण संकट’मा पर्न सक्ने चेतावनी दिएको छ… नयाँपत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित